Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजाले छाडेकी हुन् नाल्बोको फिल्म ?

फिल्मीखबर, काठमाण्डौ, 2018/10/31
निर्देशक सुदर्शन थापाको छत्रछाँयामा बसेर अभिनेत्री पूजा शर्माले ठूलो सफलता हात पारेकी छन् । 'मधुमास' बाट हात लिएका निर्देशक थापाले पछिल्लो रिलिज फिल्म 'रामकहानी' सम्म उनलाई छुटाएनन् । अहिले पूजाको नामले दर्शक हलसम्म आउने माहोल बनिसकेको छ । 
 
'प्रेमगीत' बाट रातारात चम्किएकी उनी चाँडै सुदर्शनकै निर्देशनमा बन्न लागेको नयाँ फिल्म 'सम्हालिन्छ कहिले मन' गर्दैछिन् । आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश श्रेष्ठ हुँदै उक्त फिल्ममा उनको जोडी सोनम तोप्देनसँग बाँधिएको छ । केही महिनामै फिल्मको छायांकन सुरु हुँदैछ । 
 
 
सुदर्शन क्याम्पभन्दा बाहिरी ब्यानरको फिल्म नगरेकी उनले 'रामकहानी' रिलिज अगाडि 'वितेका पल' फेम्ड निर्देशक सुरज सुब्बा 'नाल्बो' को अनटाइटल प्रोजेक्ट साइन गरेकी थिइन् । यो फिल्मको अमेरिकामा छायांकन हुने बताइएको थियो । तर, अहिले पूजाले उक्त फिल्मबाट हात झिकेको चर्चा छ । 
 
निर्देशक सुब्बा, पल शाहलाई लिएर 'हृदय भरी' बनाउन कस्सिनु र पूजा 'सम्हालिन्छ कहिले मन' गर्ने तयारीमा हुनुले यो कुरालाई थप मलजल पुर्‍याएको छ । निर्देशक सुब्बा भने भिषा प्रक्रियाका कारण फ्लोरमा जान ढिलाई भएको बताउँछन् । पूजाले फिल्म छाडेको खबरको भने उनी खण्डन गर्छन् । 
 
'हामीबीच त्यो कुरा भएको छैन । पूजाले फिल्म साइन गरेकी हुँ । 'हृदय भरी' पछि उक्त फिल्म सुरु गर्छु', फिल्मीखबरसँग कुरा गर्दै निर्देशक सुरज भन्छन् । यस विषयमा अब पूजाको बयान आउन बाँकी छ । उक्त फिल्म अन्तरजातिय प्रेमकथामा निर्माण हुने बताइएको छ । 
Most Visited News (monthly)