Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीले बेवास्था गर्दा धिरजलाई रेनाशाको साथ

फिल्मीखबर, काठमाण्डौ, 2018/10/31
फिल्म गरेपछि आफ्नो धर्म सकिएको ठान्ने कलाकारको कमी छैन यहाँ । एउटा निर्माताले कलाकार हेरेर फिल्ममा लाखौं लगानी गरेको हुन्छ तर जब कलाकारको खाँचो हुन्छ तब निर्माता/निर्देशक एक्लो हुन्छन् । फिल्म रिलिजको संघारमा रहँदा निर्माताले नाम चलेकै कलाकारबाट राम्रै सास्ती खेप्नु परेको छ । 
 
 
पहिलो पटक फिचर फिल्ममा हात हालेकी रेनाशा वान्तवा राईले 'इन्टु मिन्टु लण्डनमा' रिलिजको बेला लिड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबाट पाउनु दुःख पाइन् । फिल्म रिलिजको दैलोमा रहँदा साम्राज्ञी जापान उडिदिइन् । नेपालमा अभिनेता धिरज मगरको हिरोइन बनेर रेनाशा स्वयम हिँड्नु पर्‍यो । 
 
अहिले अभिनेत्री र निर्देशकको सम्बन्ध सन्तुलित नभएको चर्चा छ । साम्राज्ञी निर्देशक राईसँग असन्तुष्ट हुनुको पछाडि पनि कारण छन् । धिरजलाई काखा र आफूलाई पाखा गरेको उनको गुनासो थियो । फिल्मको सक्सेस पार्टीमा साम्राज्ञी उपस्थित नहुनुले पनि अभिनेत्री शाह र निर्देशक राईबीचको सम्बन्ध छर्लङ्ग पारेको थियो । 
 
अहिले फिल्मको विदेशमा धमाधम प्रदर्शन भइरहेको छ । नेपालमा इनिसियल बक्सअफिस बम्पर रहेको फिल्मको विदेशमा चर्को डिमान्ड छ । तर, गाह्रो के छ भने नेपालबाट फिल्मका कलाकार सहभागी भए मात्र फिल्म महँगोमा बिक्री हुन्छ । र, टिकट पनि बढी बिक्री हुन्छ । अहिले रेनाशा, धिरजलाई लिएर विदेश डुलिरहेकी छन् । 
 
केही हप्ता अगाडि अष्ट्रेलिया प्रदर्शनमा धिरज र साम्राज्ञी पुगेका थिए । निर्माण टिमको आग्रहमा साम्राज्ञीले उपस्थिति जनाएकी थिइनन् । उनी त्यहाँ पुग्नुको पछाडि आयोजक संस्था बाबा एजुकेशन कन्सल्टेन्सी थियो । अष्ट्रेलियापछि साम्राज्ञी फिल्मको प्रदर्शनका लागि अन्य देश पुगेकी छैनन् । हालै साउथ कोेरियामा फिल्मको प्रदर्शन भयो, जहाँ धिरजलाई निर्देशक राईले साथ दिइन् । 
 
 
उनले बाँकी देशमा भने साम्राज्ञी र आफू पालैपिलो पुग्ने बताएकी छिन् । उनका अनुसार, अब अभिनेत्री शाह हङकङमा आयोजना हुने शोमा पुग्नेछिन् । घरेलु बजारमा ५ करोडमाथि कलेक्सन गरेको उक्त फिल्ममा साम्राज्ञी र धिरजको अलावा सारुक ताम्राकार, दिलभुषण पाठकलगायतका कलाकारहरुको अभिनय छ । 
Most Visited News (monthly)