Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वाग्लेको दुखेसो : ‘मलाई पाकिस्तानी बनाइयो’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/30
निडर स्वभावका निर्माता हुन् माधव वाग्ले । 'लुट' जस्तो व्यावसायिक सफल फिल्म निर्माण गरेका उनले गएको पाँच महिना अगाडि ठूलो समस्याको सामना गर्नुपर्‍यो । जाली नोट छापेको अभियोगमा उनले लगभग ४ महिना जेल जीवन विताए । उनी उक्त घटनालाई जीवनकै सबैभन्दा कठिन घडीको रुपमा व्याख्या गर्छन् । 
 
२५ लाख घरौटी तिरेर रिहा भएका हुन् उनी । उनको मुद्धा अहिले अदालतमा विचाराधिन छ । उनको साथबाट प्रहरीले १ हजार दरका २ करोड ५२ लाख रुपैयाँको नक्कली नोट बरामद गरेको थियो । निर्माता वाग्ले भने प्रहरी कर्मचारीले फूलीको लोभमा आफूलाई फसाएको आरोप लगाउँछन् ।
 
 
आफू निर्मित नयाँ फिल्म 'चङ्गा चेट' को प्रयोजनका लागि बनाएको नक्कली नोट प्रप्स भएको बताउँदै उनी भन्छन्, 'नक्कली नोटमा फिल्म प्रयोजनका लागि भनेर स्पष्ट लेखिएको थियो । तर, फूलीको लोभमा प्रहरी प्रशासनले मलाई फसायो ।' उनले आफ्नै जिन्दगीको कथामा 'चङ्गा चेट' बनेको बताए । 
 
जेल जीवन बेथित गर्दैगर्दा उनले मिडियाको तागत पनि बुझेछन् । 'मिडिया कति शक्तिशाली रहेछ मैले बल्ल बुझेँ । प्रहरी प्रशासनदेखि अदालतसम्म मिडियाको अगाडि झुक्दो रहेछ । मलाई यही मिडियाले सबैमाझ चिनायो र अहिले पाकिस्तानी बनाएको छ', उनी दुखेसो पोख्छन् । 
 
आर्थिक अवस्थामा पनि अहिले मुश्किल घडीमा रहेको उनले बताए । उनी आफू निर्मित फिल्म 'चङ्गा चेट' जस्तै आफ्नो जिन्दगीको पनि चङ्गा चेट भएको गुनासो पोख्छन् । भन्छन्, 'यो फिल्म मेरो जिन्दगीको किताब हो ।' शुक्रवार रिलिज हुने उक्त फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् ।  
Most Visited News (monthly)