वर्षमा निकै कम फिल्मका गीतले मात्र सफलता चुम्छन् । यस वर्षको मध्यान्तरसम्ममा 'छक्का पञ्जा ३' को 'पहिलो नम्बरमा', 'जय भोले' को 'उम्लियो भने पोखिन्छ', 'रोज' को 'फूल हैन', 'रामकहानी' को 'तिम्रो लागि म छु' गीतले धूम मच्चाए । फिल्म 'चङ्गा चेट' को 'गोजीमा दाम छैन' पनि वर्षको अर्को सुपरहिट गीत हो ।
.jpg)
शुक्रवारबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मको गीत अहिले मेला-महोत्सवदेखि चिया पसल जताततै मज्जैले घन्किरहेको छ । यूट्युबमा मात्र गीतमाथि डेढ करोडको नजर परेको छ । निर्माण टिमले यसलाई ठूलो सफलताको रुपमा हेरेको छ । अब फिल्मले हलमा कस्तो कमाल गर्ला ? प्रतिक्षा छ ।
गीतलाई यूट्युबमा १ करोड ५० लाख पटक हेरिएको अवसरमा निर्माण टिमले केक काटेर खुसीयाली साटेको छ । राजधानीमा एक कार्यक्रमका बीच संगीतकार, गीतकार, निर्देशक, निर्माता तथा कलाकारले संयूक्त रुपमा डेढ करोडको केक काटे । केक काट्दै निर्माता माधव वाग्लेले भने, 'फिल्मले पनि गोजीमा दाम भरोस् ।'
'गोजीमा दाम छैन' गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर छ । गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । केक काटेर सेलिब्रेसन गर्दै निर्माता वाग्लेले संगीतकारलाई ५० हजारको चेक हस्तान्तरण गरे । 'यो पारिश्रमिक होइन । मैले उहाँलाई गीतले करोड भ्यूज कमायो भने उपहार दिन्छु भनेर वचन दिएको थिएँ । यो त्यही उपहार हो,' उनले भने ।
.jpg)
उक्त रकमबाट ५ प्रतिशत गीतकार तिमल्सिनालाई दिने पनि संगीतकार सिवाकोटीले मिडियामाझ नै घोषणा गरे । निर्देशक दीपेन्द्र के. खनालले दाम हुने र नहुनेहरुको कथा फिल्मले बोल्ने बताए । उनी भन्छन्, 'गीतले बोलेकै कथा फिल्मले उठाएको छ । तीन पुरुष पात्रको वरिपरि फिल्म घुमेको छ ।' उनी फिल्मलाई डार्क कमेडी भन्न रुचाउँछन् ।
निर्माता वाग्ले भने 'चङ्गा चेट' आफ्नो वास्तविक जीवनसँग मिल्ने बताउँछन् । भन्छन्, 'फिल्ममा जाली नोट देखाइएको छ । म पनि जाली नोटकै कारण जेल जानु पर्यो । फिल्मको कथा जस्तै छ मेरो जिन्दगी ।' गीतको सफलताको खुसीयाली साट्न उपस्थित अभिनेत्री द्वय सुरक्षा पन्त र परमिता आरएल राणाले फिल्मले युवापुस्ताको वास्तविक कथा बोल्ने बताए ।
.jpg)
फिल्ममा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा माधव वाग्लेलाई शर्मिला पाण्डेले लगानीमा सहयोग गरेकी छन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
गीत हेर्नुहोस् :-

