Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

आँचलको खाली हात

फिल्मीखबर, काठमाण्डौ, 2018/10/30
डिमान्ड राम्रो भएको बेला कोही खाली हात बस्न चाहँदैनन् । अभिनेत्री आँचल शर्मा भने डिमान्ड राम्रो हुँदाहुँदै पनि खाली बस्नु परेको छ । भिडियोमा व्यस्त भएपनि हातमा फिल्म छैन । यसको प्रमुख कारण एउटै छ, हुलमुलवाला फिल्म नगर्ने अडान लिनु । सोलो हिरोइन भएको फिल्म मात्र गर्ने उनको अठोट छ । 
 
दुर्भाग्य ! उनी सोलो हिरोइन रहेको फिल्म कुनै चलेका छैनन् । 'जोनी जेन्टलम्यान' र 'ब्ल्याक' तात्ताता उदाहरण हुन् । डेब्यु फिल्म 'नाई नभन्नू ल ४' मा अभिनेत्री वर्षा राउत थिइन् । 'शत्रु गते' मा प्रियंका कार्की । हुलमुलका फिल्म हेर्दा उनी सधै छाँयामा परेकी छन् । 
 
 
'शत्रु गते' रिलिज लगत्तै आफूलाई क्रेडिट नमिलेको भन्दै आइन्दा कलाकारको भीड रहेको फिल्म नगर्ने उद्घोष गरिन् । अहिले उनलाई आफ्नै बोली अभिषाप बनेको छ । लगातार पर्दामा पल शाहसँग देखिँदै आएकी उनले 'ब्ल्याक' पछि कुनै फिल्म साइन गरेको खबर प्राप्त छैन । 
 
हाल सम्पादनको टेवुलमा रहेको फिल्म 'गोपी' उनलाई अफर गरिएको थियो । तर, पारिश्रमिक छोइनसक्नु भनेपछि निर्माताले बाई-बाई गरे । किन खाली ? भन्ने प्रश्न तेर्सिहाले उनी ४/५ वटा स्क्रिप्ट पढिरहेको बताउन छाड्दिनन् । उनले यो भन्न थालेको पनि 'शत्रु गते' पछि हो । जबकि, फिल्म रिलिज भएकै ८ महिना वितिसक्यो । 
 
हुलमुलका फिल्म नगर्ने । सोलो नायिका भएको फिल्म नचल्ने । हातमा आएको फिल्म पारिश्रमिकमा कुरा नमिलेर छाड्ने । कतै आँचलको करिअर दुविधै-दुविधामा त डुब्ने होइन ? 
Most Visited News (monthly)