Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सारालाई डोकोमा बोकेर सुशान्तको केदारनाथ यात्रा

फिल्मीखबर, काठमाण्डौ, 2018/10/30
बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खान आफ्नो नयाँ फिल्म 'केदारनाथ' बाट बलिउडमा डेब्यु गर्दैछिन् । यो फिल्ममा उनको अपोजिटमा अभिनेता सुशान्त सिंह राजपूत देखिएका छन् । हालैमा फिल्मको अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।  
 
'केदारनाथ' फिल्मको पोस्टरमा सारा र सुशान्तको केमेस्ट्री गजबको देखिएको छ । पोस्टरमा फिल्मका हिरो सुशान्त हिरोइन सारालाई डोकोमा बोकेर केदारनाथको यात्रामा निस्किएका छन् । 'केदारनाथ' बाढी पीडितको पृष्ठभूमिमा निर्माण भएको फिल्म हो । 
 
यो पोस्टर सुशान्त र साराले सोसल मिडियामा शेयर गरेका छन् । यसभन्दा पहिला सारा निर्देशक रोहित शेट्टीको फिल्म 'सिम्बा' बाट डेब्यु गर्ने चर्चा थियो, जसमा उनको साथ रणवीर सिंह छन् । यो फिल्म पनि डिसेम्बरमा रिलिज हुँदैछ । 
 
तर, अब 'केदारनाथ' बाट नै साराको फिल्मी करिअरको सुरुवात भएको छ । अभिषेक कपूर निर्देशित यो फिल्म ७ डिसेम्बरमा रिलिज हुँदैछ । मेकर्सबीचको विवादका कारण उक्त फिल्मको रिलिज डेट लामो समय तय हुन सकेको थिएन । 
Most Visited News (monthly)