Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘भाइरल ब्वाई’ मनिष लिम्बु अब फिल्ममा

फिल्मीखबर, काठमाण्डौ, 2018/10/30
यहाँ सबैले बलेकै आगो ताप्ने हुन् । फाइदा हुन्छ भने मात्र सम्बन्ध जोडिन्छ । यो रोगबाट नेपाली फिल्म क्षेत्र अछुतो रहने त कुरै भएन । प्रमाणका लागि उदाहरण खोज्ने हो भने प्रसस्तै भेटिन्छ । ‘भाइरल ब्वाई’ मनिष लिम्बु अहिलेका बलेको आगो हुन् । 
 
यूट्युबरहरु उनको अन्तर्वार्ता लिन मरिहत्ते गर्छन्, कारण उनको अन्तर्वार्ताले डलर राम्रै झार्छ । उनी बाल गायक हुन् । उनको निखारिएकोे आवाजले धेरैलाई प्रभावित गरेको छ । अब उनलाई निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म 'वीर विक्रम २' मा बाल कलाकारमा अनुबन्ध गरेका छन् । 
 
 
निर्देशक चाम्सले यो कुराको जानकारी आफ्नो आधिकारिक फेसबुकमार्फत् दिएका छन् । बाल गायकलाई बाल कलाकार बनाउन लागेका मिलनले आफ्नो लोकप्रियताका लागि मनिषलाई फिल्ममा अनुबन्ध गरेको चर्चा सुरु हुन थालेको छ । मनिष रोज्नुको पछाडिको कारण के हो ? त्यो त उनी नै जान्दछन् । 
 
'वीर विक्रम २' को छायांकन केही हप्तामा सुरु हुँदैछ । चाम्स स्वयम यस फिल्मका निर्माता र निर्देशक हुन् । प्रदीप भारद्वाजले कथा लेखेका छन् । आकाश क्षेष्ठ, दयाहाङ राई, नाजिर हुसेनलगायतका कलाकारहरुको फिल्ममा अभिनय रहनेछ । 
Most Visited News (monthly)