Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयुष्मानको जिन्दगीको भयो चङ्गा चेट (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/10/29
 
शुक्रवारबाट रिलिजको तरखरमा रहेको फिल्म ‘चङ्गा चेट’ को शिर्ष गीत यूट्युब रिलिज भएको छ । गीतमा कोशिस क्षेत्रीको शब्द, स्वर तथा संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता आयुष्मान देशराज जोशी बाल्यकालको सुखद पल सम्झिएर भावुक देखिएका छन् । 
 
डार्क कमेडी बताइएको फिल्ममा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको अभिनय छ । दीपेन्द्र के. खनाल निर्देशित फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । 
 
फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको फिल्ममा सूर्य ठोकरको द्वन्द्व छ ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)