अभिनेत्री संचिता लुईँटेल लामो समयपछि पुनः पर्दामा फर्किएकी छन् । कात्तिक ३० गते उनी अभिनीत नयाँ फिल्म ‘गुनगुन’ प्रदर्शनको तरखरमा छ । उनी जोडिएका कारण पनि यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ । रिलिजकाे संघारमा रहँदै गर्दा निर्माण टिमले फिल्मको दोस्रो गीत यूट्युबमा राखेको छ ।
.jpg)
सामाजिक कथामा निर्माण भएको फिल्मको दोस्रो गीत ‘चम्क्यो तारा चमक्क’ मा संचिता लुइँटेल र सन्नी ढकाल फिचर्ड छन् । यी दुईको प्रेमभावलाई गीतमा चित्रण गरिएको छ । गीतमा प्रदीप भट्टराईको शब्द, विकास चौधरीको संगीत र मेलिना राइ तथा दौलत राइको स्वर रहेको छ ।
गीतलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने यसलाई सौरभ लामाले छायांकन गरेका हुन् । फिल्ममा संचिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई, नायक सुवास मेचे रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई लगायतको अभिनय रहेको छ ।
फिल्मले समाजकै घटनालाई चित्रण गर्ने निर्देशकले बताए । ‘कथा सामाजिक नै हो, प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस छ’ भट्टराईले फिल्मलाई दर्शकले रुचाउने बताए । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।
गीत हेर्नुहोस् :-

