बलिउडमा अचेल फिल्मको जनरामा कयौं तरिकाको एक्सपेरिमेन्ट भइरहेको छ । बायोपिक र हिस्टोरिकल फिल्मका अलावा थ्रिलर जनरा पनि अहिले दर्शकले निकै रुचाउन थालेका छन् । 'अन्धाधुन' लाई सफलता मिल्यो । 'साहो' पनि यही जनराको फिल्म हो ।
यसका अलावा लिकबाट हटेर बनेको फिल्ममा जान अब्राहम स्टारर 'बाटला हाउस' को छायांकन सुरु भइसकेको छ । यी सबै फिल्मका अलावा इन्डस्ट्रीमा एक अर्को थ्रिलरको तयारी भइरहेको छ । यो फिल्म सुनन्दा पुष्कर हत्याकाण्डमा बेस्ड हुनेछ । मेकर्स सुनन्दाको रोलका लागि अभिनेत्री दीपिका पादुकोणलाई अप्रोच गर्ने तयारीमा छन् ।

यसलाई 'अन्धाधुन' का निर्देशक श्रीराम राघवनलाई असिस्ट गरिसकेका शिवम नायर बनाउँदैछन् । शिवमले यसभन्दा अगाडि 'आहिस्ता आहिस्ता', 'भाग जोनी' र नीरज पाण्डेको ब्यानरको फिल्म 'नाम शबाना' निर्देशन गरिसकेका छन् । योसँगै उनले 'रंगा बिल्ला', 'अटो शंकर' र 'फिरोज दारूवाला' जस्ता सीरियल किलर्स र मर्डरर्समाथि आधारित डक्यूमेन्ट्री फिल्म पनि बनाएका छन् ।
सुनन्दा पुष्कर हत्याकाण्डमा बन्न लागेको यो फिल्मलाई अमित सिंहले निर्माण गर्दैछन् । फिल्मका लागि रिसर्च पूरा भइसकेको छ । फिल्ममा नीरज पाण्डेको पनि लगानी रहनेछ । बिजनेस वुमन तथा पोलिटिसियन शशि थरूरकी पत्नी सुनन्दा पुष्करको मृत्यु ७ जनवरी, २०१४ मा भएको थियो ।
उनी दिल्ली स्थित लीला प्यालेस होटलको रूम नम्बर ३४५ मा मृत्य भेटिएकी थिइन् । सुरुवातमा सुनन्दाले सुसाइड गरेको बताइएको थियो । तर, पछि जब उनको शरीरमा चोटको निशान भेटियो तब उनको मर्डर भएको चर्चा सुरु भएको थियो । मामलामा ठूलो कन्ट्रोवर्सी तब भयो जब १ जुलाई, २०१४ मा एम्सका डक्टर सुधीर गुप्ताले केसको झुटो रिपोर्ट दिन उनीमाथि दबाव दिएको खुलासा गरे ।

