'मि टु' अभियानरुपी ज्वारभाटाले बलिउडमा एकपछि अर्को हस्तिलाई लपेट्दै लगिरहेको छ । नाना पाटेकरबाट सुरु भएको यो सिलसिला आलोकनाथसम्म आइपुग्दा बलिउडको यथार्थ चित्र निकै विद्रुप देखिएको छ । यो अभियानले अहिले नेपालमा पनि आफ्नो प्रभाव देखाउन सुरु गरेको छ ।
हालै अभिनेत्री बेनिशा हमालले आफूमाथि यौनजन्य हिंसा भएको एक अन्तर्वार्तामा बताएकी छन् । उनले एक बैंकको फोटोसुट सकिएपछि एक कर्मचारीले बैंकका सिईओले नगरकोट जान प्रस्ताव गरेको तर आफूले प्रतिकार गरेको बताइन् । उनको यो खुलासाले अहिले तरंग ल्याएको छ ।
.jpg)
बैंक र सिईओको नाम विर्सिएको बताउने अभिनेत्री हमालले प्रस्ताव राख्ने व्यक्तिलाई झापड लगाएपनि उक्त विषयमा आफू मौन बस्न बाध्य भएको सुनाइन् । उनले सो कुरा परिवारलाई पनि नबताएकी बताउँछिन् । भन्छिन्, 'मलाई त्यसबेला हिम्मत नै आएन कि त्यो कुरा परिवारलाई बताउँ ?'
संसारभर 'मि टु' अभियानले उग्र रुप लिँदा आफूमाथि भएको यौनजन्य हिंसाको बारेमा ८ वर्षपछि मुख खोलेकी बेनिशाको बोली सत्य वा झुट छुट्याउन मुश्किल छ । उनले बैंक र सिईओको नाम विर्सिएको कुरा पत्याउन सजिलो छैन । घट्नाको बेलिविस्तार याद हुने उनलाई बैंक र सिईओको नाम थाहा नहुनु आँफैमा हास्यास्पद कुरा हो ।
कतै अरुलाई उक्साएर 'मि टु' अभियानको अभियान्ता बन्न झुटको खेती त गरेकी होइनन् ? उनको कुराले त यही बोल्छ । बलिउडमा तनुश्री दत्ताले नाना पाटेकरको नाम खुल्लेआम लिइन् । गायिका सोना महपत्र, श्वेता पण्डित लगायत अरु दुई गायिकाहरुले गायक अन्नु मलिकमाथि सेक्सुअल ह्यारसमेन्टको आरोप लगाए ।
धेरै निर्माता, निर्देशक, गायक तथा संगीतकारको पेशा नै अहिले धरापमा परेको छ । तर, अभिनेत्री बेनिशा हमाल भने आफूमाथि ह्यारसमेन्ट गर्ने व्यक्तिको नाम नै विर्सिए पनि यौनजन्य हिंसा भएको बताउँदै हिँडिरहेकी छन् । फिल्म नचलेर गुमनाम पथमा रहेकी उनमा 'मि टु' अभियानमा लागेर चर्चामा आउने अभिप्राय त होइन ?

