Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

अर्को वर्ष सहनाई बजाउँदै मलाइका र अर्जुन

एजेन्सी, मुम्बई, 2018/10/28
पछिल्लो केही दिनदेखि साथ देखिएको बलिउडको एक लभ कपल चाँडै विवाहको मिति घोषणा गर्ने तयारीमा छन् । अहिलेसम्म मिडियासँग लुकामारी गर्दै आएका लभ बर्ड्स मलाइका अरोडा र अर्जुन कपूर चाँडै आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्दैछन् । 
 
केही दिन अगाडि जब इटलीमा मलाइकाको जन्मदिन सेलिब्रेट गरेर यो जोडी मुम्बई फर्किए तब उनीहरुलाई हातमा हात थाम्दै क्याप्चर गरिएको थियो । तबदेखि यो जोडी चर्चाको शिखरमा छ । आजकाल हरेक कार्यक्रम तथा पार्टीमा मलाइका र अर्जुन एकसाथ देखिन थालेका छन् । 
 
इन्डिया टुडेको एक खबर अनुसार, उनीहरु चाँडै आफ्नो विवाहको औपचारिक घोषणा गर्दैछन् र अर्को विवाह बन्धनमा बाँधिनेछन् । गएको मंगलवार मलाइकालाई आफ्नो ब्वाईफ्रेण्डसँग एयरपोर्टमा स्पोट गरिएको थियो । दुबै इटलीबाट मलाइकाको ४५ औं जन्मदिन सेलिब्रेट गरेर फर्किएका थिए ।  
 
उनीहरुको एउटै फ्लाइटबाट यात्रा थियो । तर, जब दुई मुम्बईमा उत्रिए, तब उनीहरुले फ्यानको भीड र मिडियाबाट बच्नका लागि अलग अलग गेटबाट एग्जिट लिएका थिए । उनीहरुले केही दिन अगाडि एक टिभी शोमा हात समातेर ईन्ट्री लिएका थिए भने रियलिटी टिभी शो 'इन्डियाज गट ट्यालेन्ट ८' मा एकसाथ डान्स गरेका थिए ।  
Most Visited News (monthly)