Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१८ लाखको ‘बुलबुल’ गीत रिलिज गर्न अनौठो शैली

फिल्मीखबर, काठमाण्डौ, 2018/10/28
लगातार पर्दामा आइरहेकी अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राइभरको भूमिकामा निर्वाहा गरेको फिल्म ‘बुलबुल’ को पहिलो गीत 'फ्ल्यास मोब' शैलीमा सार्वजनिक गरिने भएको छ । यो शैलीमा भीडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्नेछन् । 
 
‘खुदाखुद्री’ बोलको गीत एकै साथ पाँच सहरमा सार्वजनिक गरिन लागेको हो । फिल्मको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिने छ । 
 
 
१५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जानकारी दिए । काठमाडौं बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौंको काठमाडौ मल अगाडि भने फिल्मकी नायिका स्वस्तिमा र नायक मुकुन भुसालले पनि ठुम्का लगाउनेछन्
 ।
 
भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र सय जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् । 
 
फिल्मका निर्देशक विनोद पौडेलले ‘बुलबुल’ ले स्वस्तिमा खडकाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने उनी स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा हुने अभिव्यक्ति दिँदै अएकी छिन् ।  
 
फिल्ममा स्वस्तिमा खडकाका अलावा मुकुन भुसाल ,बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुँदैछ ।
Most Visited News (monthly)