Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ३’ ले तोड्यो ‘छक्का पञ्जा’ को रेकर्ड

फिल्मीखबर, काठमाण्डौ, 2018/10/28
सन् २०१२ मा फिल्म 'लुट' ले घरेलु बजारमा लगभग ४ करोडमाथिको कलेक्सन गरेको थियो । त्यसभन्दा अगाडि कुनै पनि नेपाली फिल्मले यो अंक जोड्न सकेका थिएनन् । फिल्म क्षेत्रमा संकटकाल लाग्न लागेको स्थितीमा यो फिल्म सञ्जीवनी बुटी साबित भएको थियो । यसको दुई वर्षपछि फिल्म 'कोहिनूर' ले ११ करोड छाप्यो । 
 
'लुट' र 'कोहिनूर' ले नेपाली फिल्मको मार्केट बलियो भएको प्रमाण पेश गर्दैगर्दा दीपकराज गिरी र दीपाश्री निरौला क्याम्पबाट निर्माण भएको फिल्म 'छक्का पञ्जा' ले १५ करोडमाथि कमाई गर्दै नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड बनाएको थियो । 'लुट २' र अनमोल केसीको 'कृ' ले यो रेकर्ड तोड्ने अनुमान गरिए पनि सफल भएनन् । 
 
अन्ततः 'छक्का पञ्जा' को एतिहासिक कलेक्सन रेकर्ड यसकै तेस्रो सिरिजले तोडेको छ । दशैंको छेको अर्थात् घटस्थापनाबाट प्रदर्शनमा आएको 'छक्का पञ्जा ३' को १७ दिने कमाईको आँकडा प्राप्त भएको छ । मोफसल वितरक कम्पनी एफडीका अध्यक्ष नरेन्द्र महर्जनले ८ करोडको रिपोर्ट दिएका छन् भने राजधानी भित्र वितरणको जिम्मा लिएका मनोज राठीले पनि सोही आँकडा फिल्मीखबरलाई दिए । 
 
 
दुई वितरकबाट प्राप्त 'छक्का पञ्जा ३' को कमाई प्लस गर्ने हो भने फिल्मले घरेलु बजारमा १६ करोड छापिसकेको छ । र, नेपाली फिल्म इतिहासमै सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्ड आफ्नो नाम गरेको छ । बलियो कन्टेन्टका कारण यो फिल्म बक्सअफिसमा लामो रेसको घोडा बनेको छ । अब सबैको चासो लाइफटाइम कलेक्सनतर्फ बढेको छ । 
 
निर्देशक दीपाश्री निरौला र कलाकार, निर्माता तथा स्क्रिप्ट राईटर दीपकराज गिरीले 'छक्का पञ्जा' को १२८ दिनेको रेकर्ड 'छक्का पञ्जा ३' ले १७ दिनमा तोडेको भन्दै खुसी व्यक्त गरेका छन् । फेसबुकमा दुबैले एउटै स्टाटस शेयर गर्दै लेखेका छन्, “छक्का पञ्जा १' ले १२८ दिनमा प्राप्त गरेको लक्ष्य 'छक्का पञ्जा ३' ले केबल १७ दिनमा उक्त उपलब्धि हासिल गरेको छ । बधार्इ सबै कलाकार तथा प्राबिधिक साथिहरू । धन्यबाद दर्शक, जय नेपाली सिनेमा ।' 
 
'छक्का पञ्जा ३' ले पाँचदिने विकेन्ड पाएको थियो । फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ । 
Most Visited News (monthly)