Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाबुराम र हिसिलालाई मनपर्‍यो ‘जय भोले’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/27
बाह्र वर्षपछि निर्माण र निर्देशनमा फर्किएका अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर नाफातर्फ अगाडि बढेको फिल्मलाई दर्शक र समीक्षकले रुचाएका छन् । फिल्मको 'वर्ड अफ माउथ' राम्रो छ । 
 
दोस्रो सातामा पनि सुखद व्यापार गरिरहेको फिल्म हेर्न शनिबार नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र अन्तर्राष्ट्रिय विभाग संयोजक तथा बाबुराम पत्नी हिसिला यमी हल पुगेका छन् । दुईले काठमाडौँ सुनधारास्थित सिभिल मलमा रहेको क्युएफएक्स हलमा फिल्म हेरेका हुन् । 
 
 
हलबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. भट्टराईले ‘जय भोले’ अपत्यारिलो फिल्म रहेको बताए । उनी भन्छन्, 'मैले धेरै अपेक्षा बोकेर आएको थिइनँ तर हेरिरहँदा फिल्म उत्कृष्ट लाग्यो । यो एउटा सामाजिक तथा मनोरञ्जनात्मक फिल्म हो । फिल्मले सन्देश पनि दिएको छ ।' 
 
नेता भट्टराईले मिडियाकै सामु फोन गरेर निर्देशक शर्मालाई बधाई समेत दिएका थिए । नेतृ यमीले भने नेपाली फिल्मको स्तर वृद्धि भएकोमा खुसी व्यक्त गरिन् । 'मेकिङ, कथावस्तु, कलाकारको अभिनयमा अहिले धेरै प्रगति भएको छ' ‘जय भोले’ को तारिफ गर्दै उनी भन्छिन्, 'फिल्म उत्कृष्ट बनेको छ ।'
 
प्रदर्शनको पहिलो साता ३ करोड ग्रस कलेक्सन गरेको फिल्ममा  खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा खगेन्द्र स्वयमले लेखेका हुन् । फिल्मले दुई साथी अर्थात् जय र भोलेको कथा वाचन गरेको छ । 
Most Visited News (monthly)