Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रुमालै छ चिनो’ गीत : अफ्सानालाई घर भित्राउन सुशान्त तयार

फिल्मीखबर, काठमाण्डौ, 2018/10/27
प्रदर्शन मिति तय नगर्दै फिल्म ‘रुमालै छ चिनो’ को पहिलो गीत यूट्युबमा सार्वजनिक गरिएको छ । एक समय निकै चर्चामा रहेको रेशम थापाको लोक गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण भएको फिल्मको 'ए माया...' गीतमा अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर छ । 
 
 
गीतको शब्द अर्जुन आफैंले लेखेका हुन् भने संगीत पनि उनकै हो । भिडियोमा नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन् । गीतको छायांकन बिनोद सापकोटाले गरेका हुन् भने शिब थारुको सम्पादन छ । 
 
रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्साना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ ।
 
ज्योती फिल्मसको ब्यानरमा बनेको यस फिल्ममा चन्द्र ब. खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । उक्त फिल्मलाई निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)