.jpg)
कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दैलो’ को नयाँ गीत यूट्युबमार्फत् वल्ड वाइड रिलिज गरिएको छ । शिक्षण पेशा रोज्नेहरूको पीडा बोल्ने 'हामी मास्टर...' बोलको गीतमा निलम उप्रेतीको स्वर छ । शब्द तथा संगीत पनि उनकै हो ।
सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।
निर्देशक उप्रेतीले बनिरहेका फिल्मभन्दा ‘दैलो’ फरक रहेको बताए । उक्त फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । फिल्मको कथा निर्देशक उप्रेतीकै हो ।
भिडियो :-

