Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बधाई हो’ माथि लाग्यो कथा चोरीको आरोप

फिल्मीखबर, मुम्बई, 2018/10/27
आयुष्मान खुरानाको फिल्म ‘बधाई हो’ ले बक्सअफिसमा जबरजस्त कलेक्सन गरिरहेको छ । क्रिटिक्स र दर्शकले फिल्मलाई निकै रुचाएका छन् । यसबीच फिल्म कानूनी झमेलामा फसेको छ । फिल्मको कहानीमाथि एक लेखकले चोरीको आरोप लगाएका छन् ।  
 
छत्तीसगढका लेखक तथा पत्रकार पारितोष चक्रवर्तीले ‘बधाई हो’ का निर्माता, निर्देशक र लेखकमाथि उनको कहानी चोरेर फिल्म बनाएको आरोप लगाएका छन् । चक्रवर्तीले तीन जनाकै विरोद्धमा रायपुरको पन्डरी प्रहरी थानामा एफआईआर दर्ता गरेका छन् ।   
 
आइएएनएसको रिपोर्ट अनुसार, पन्डरी प्रहरी थानाका प्रभारी सोनल ग्वालाले भनेका छन्, 'हामीलाई लिखित उजुरी मिलेको छ । अहिले त्यसमाथि जाँच चलिरहेको छ ।' उजुरीमा चक्रवर्तीले १९ वर्ष अगाडि प्रकाशित उनको कहानी संग्रह 'घर बुनते हुए' मा समावेश 'जड' नामक कहानी चोरेर फिल्म ‘बधाई हो’ बनाएको उल्लेख छ । 
 
उनले भने, 'सन् १९९८ मा आनन्द बजार पत्रिका समूहको पत्रिका सुनन्दा र हिन्दी साप्ताहिक पत्रिका कादम्बिनीमा 'जड' कहानीको बांग्ला अनुवाद छापिएको थियो । यो कहानीको विना अनुमती फिल्ममा हुबहु कपी गरिएको छ ।' १८ अक्टोबरमा फिल्म रिलिज भएको ‘बधाई हो’ लाई अमित शर्माले निर्देशन गरेका हुन् । 
 
यसमा आयुष्मान खुराना, नीना गुप्ता, सान्या मल्होत्रा र गजराज राव अहम महत्वपूर्ण भूमिकामा छन् । भारतीय बजारमा फिल्मले अहिलेसम्म ६६ करोडमाथि कमाई गरिसकेको छ । ट्रेड एक्सपर्ट्सले निकै कम लागतमा बनेको बधाई होलाई सुपरहिट भनेका छन् । ‘बधाई हो’ २० करोडमा निर्माण भएको हो । 
Most Visited News (monthly)