केही महिना अगाडि फिल्मीखबरले 'ऐश्वर्य' निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईँ प्रेम सम्बन्धमा रहेको खुलासा गरेको थियो । यो कुरालाई दुबैले नकार्दै आएपनि दीपावलीको छेकोमा अन्ततः यो सत्य प्रमाणित भएको छ । दुबैले प्रेम स्वीकार गरेका छन् ।
प्रेममा मात्र नभई उनीहरुले इन्गेजमेन्ट समेत गरिसकेका छन् । इन्गेजमेन्ट केही हप्ता अगाडि मात्र भएको हो । फिल्मीखबरसँग कुरा गर्दै निर्देशक भट्टराईले विवाह भने मंसिरपछि मात्र हुने बताए । उनले फिल्मीखबरमा समाचार प्रकाशन हुँदा आफूहरु अफेयरमा रहेको पनि बोले ।
.jpg)
दीपिकालाई दीवाकरले नै फिल्म क्षेत्रमा ल्याएका हुन् । अहिले दीपिका अभिनीत नयाँ फिल्म 'छक्का पञ्जा ३' प्रदर्शन भइरहेको छ । दीवाकर निर्देशित नयाँ फिल्म 'क्याप्टेन' शिवरात्रीको छेकोमा रिलिज हुँदैछ, जसमा अनमोल केसी लिड रोलमा छन् । दीपिका र दीवाकर 'ऐश्वर्य' को सेटबाट एकअर्कासँग नजिक भएका हुन् ।
दुबैले आफ्नो आधिकारिक फेसबुकमा एकअर्काको अंगालोमा बाँधिएको तश्बिर राख्दै प्रेममा रहेको कुरालाई पुष्टि गरेका हुन् । दीपिकाले तश्बिरसँगै क्याप्सनमा लेखेकी छन्, 'र उहाँ मेरो लागि सँधै ♥ ️।' दीवाकरले पनि उनकै क्याप्सन कपी गरेका छन् । दुबैले एकै समयमा तश्बिर फेसबुकमा शेयर गरेका हुन् ।
यो पनि पढ्नुहोस् : प्रेममा छन् दीपिका र दीवाकर ?

