Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हृदय भरी’ मा पलको जोडी पूजा हुन् ?

फिल्मीखबर, काठमाण्डौ, 2018/10/26
अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको सुदर्शन थापा निर्देशित फिल्म 'म यस्तो गीत गाउँछु' मा पहिलो पटक जोडी बाँधिएको थियो । यो फिल्म हिट भएपछि पुनः दर्शकमा उक्त जोडीलाई पर्दामा हेर्ने व्यग्र चाहना छ । 'म यस्तो गीत गाउँछु' को सिक्वेलमा जोडी बाँधिने बताइएपनि अब उक्त फिल्म बन्छ/बन्दैन ? अन्यौलमा छ । 
 
पलसँग अहिले सुदर्शन र पूजाको सम्बन्ध सन्तुलित नभएको चर्चा छ । केही दिन अगाडि फिल्मीखबरसँग कुरा गर्दै पलले चाँडै सुदर्शनको नयाँ प्रोजेक्टमा काम गर्न लागेको र पूजा जोडीको रुपमा हुने जानकारी दिएका थिए । तर, यो कुरा सुदर्शनले नकारे । पलले पनि भनिदिए, 'फिल्म साइन गरेको हुँ, गर्न चाहनुहुन्न भने केही गुनासो छैन ।' 
 
 
यसैबीच दशैंको रमझमको बेला पलले 'वितेका पल' फेम्ड निर्देशक सुरज सुब्बा 'नाल्बो' को फिल्म 'हृदय भरी' साइन गरे । फिल्म गर्न उनले २० लाख पारिश्रमिक बुझेका छन् । रोचक कुरा के छ भने यसअघि नाल्बोको एक प्रोजेक्टमा अभिनेत्री पूजा पनि अनुबन्ध भइसकेकी छिन् । फिल्मको नाम भने खुलाइएको छैन । 
 
'रामकहानी' रिलिज अगाडि पूजालाई निर्देशक नाल्बोले आफ्नो फिल्ममा लिएका थिए । अब उनले आफ्नो नयाँ प्रोजेक्टमा पललाई लिएका छन् । के फिल्म ‘हृदय भरी’ मा दोस्रो पटक पल र पूजाको जोडी बाँधिन लागेको हो ? निर्देशक नाल्बोले फिल्मीखबरसँग कुरा गर्दै सबै कुरा स्पष्ट पारेका छन् । 
 
उनले ‘हृदय भरी’ मा पल र पूजाको जोडी नबाँधिने बताए । उनी भन्छन्, 'पूजा अनुबन्ध भएको फिल्म अमेरिकामा छायांकन हुने हो । त्यो फिल्मको प्रि-प्रोडक्सनको काममा ढिलाई भएका कारण केही समयका लागि रोकिएको छ । सो फिल्मभन्दा अगाडि 'हृदय भरी' बन्छ । यो फिल्ममा पलको जोडी नयाँ अभिनेत्रीसँग बाँधिनेछ ।'
 
‘हृदय भरी’ का लागि अहिले नयाँ नायिकाको खोजी भइरहेको उनले बताएका छन् । यस्तै, पूजाको लिड रोल रहने प्रोजेक्टमा अभिनेता दयाहाङ राई हिरो हुने चर्चा छ । अनटाइटल प्रोजेक्टमा अभिनेत्री माला लिम्बु पनि फाइनल भइसकेकी छन् । फिल्मले अन्तरजातिय प्रेम कथालाई उठान गर्ने छ ।
Most Visited News (monthly)