Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चङ्गा चेट’ मा आयुष्मान, सुरक्षा, सन्दिप र रबिन्द्र अपराधी

फिल्मीखबर, काठमाण्डौ, 2018/10/26
आउँदो शुक्रवारबाट 'लुट' निर्माता माधव वाग्ले निर्मित तथा 'पशुपति प्रसाद' फेम्ड निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’ रिलिज हुँदैछ । यो फिल्मको 'गोजीमा दाम छैन' गीत यतिबेला निकै लोकप्रिय छ । कमेडी ट्रेलरले पनि उस्तै धूम मच्चाइएको छ । 
 
 
दर्शकमाझ व्यग्र प्रतिक्षामा रहेको उक्त फिल्मको रिलिजको संघारमा तीन अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका अधिकांश लिड कलाकारलाई स्थान दिइएको पोस्टर कमेडी शैलीमा तयार पारिएको छ । एक पोस्टरमा भने फिल्मका चार पात्रलाई अपराधीको रुपमा उभ्याइएको छ । 
 
फिल्मको कथासार अनुसार पोस्टर तयार पारिएको निर्देशक खनाल बताउँछन् । डार्क कमेडी बताइएको फिल्ममा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रबिन्द्र झा, प्रियंका कार्की, परमिता आरएल राणा, सुरक्षा पन्तलगायतको अभिनय छ । शर्मिला पाण्डे पनि फिल्मकी निर्मात्री हुन् । 
 
फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको फिल्ममा सूर्य ठोकरको द्वन्द्व छ ।
Most Visited News (monthly)