Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

चीनमा रानीको ‘हिचकी’ ले कमायो सय करोड

एजेन्सी, मुम्बई, 2018/10/26
बर्षौपछि फिल्म ‘हिचकी’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री रानी मुखर्जीका लागि चीनबाट खुसीको खबर आइरहेको छ । यश राज ब्यानरमा निर्माण भएको उक्त फिल्मले चीनमा सय करोडमाथि कलेक्सन गरेको छ । प्रदर्शनको दुई हप्तामा फिल्मले बक्सअफिसमा उक्त अंक जोड्न सफल भएको हो । 
 
 
रानीको ‘हिचकी’ चीनमा १२ अक्टोबरमा रिलिज भएको थियो । यसभन्दा अगाडि आमिर खानको 'दंगल' र 'सीक्रेट सुपरस्‍टार', इरफान खानको 'हिन्दी मीडियम' जस्ता फिल्मले पनि चीनमा जबरजस्त कमाई गरेका थिए । यसबाट स्पष्ट हुन्छ कि भारतीय फिल्मलाई देशभन्दा बाहिर चीनमा पनि एक ठूलो बजार मिलेको छ । 
 
‘हिचकी’ एक युवतीको कथा हो, जसले आफ्नो कमजोरीलाई अवसरका रूपमा उपयोग गर्छिन् । युवतीलाई बारम्बार हिचकी अर्थात् बाडुली लाग्छ । यो टरेट सिन्ड्रोम नामक रोग हो । यश राज फिल्‍म्‍स द्वारा जारी विज्ञप्ती अनुसार, यो फिल्म चीनमा बल्कबस्टर साबित भएको छ । 
 
चीनका दर्शकलाई रानीको उत्कृष्ट अभिनय मन परेको छ । यस विषयमा रानी भन्छिन्,' राम्रो फिल्मका लागि भाषा कुनै तरिकाको बाधा होइन । यसले दर्शकको दिल र दिमागलाई जोड्छ र चीनमा ‘हिचकी’ को सफलताले यो साबित गरेको छ ।' फिल्मलाई सिद्धार्थ पी मलहोत्राले निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)