Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘बोबी’ हेरेर झापाका राजेशले पाए नर्वे घुम्ने मौका

फिल्मीखबर, काठमाण्डौ, 2018/10/25
गएको असार २९ गते प्रदर्शनमा आएको रियल जोडी उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्माण भएको फिल्म ‘बोबी’ टिमले एक जोडीलाई नर्वे घुमाउने भएको छ । फिल्मको टिमले रिलिज अगाडि प्रचारलाई तगडा बनाउन 'बोबी हेरौं नर्वे घुमौं' स्किम ल्याएको थियो । 
 
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सिनेमा घरमा राखिएको बक्समा खसालिएको फिल्मको टिकट मध्येबाट एक भाग्यमानीको नाम घोषणा गरिएको छ । हजार बढी टिकटबाट विर्तामोड, झापाका राजेश लिम्बु विजेता बनेका छन् । उनले आफूसँग श्रीमतीलाई पनि नर्वे घुमाउने अवसर पाएका छन् । 
 
 
पत्रकार सम्मेलनमा नै निर्माण टिमले फोन गरेर राजेशलाई बधाई दिएको छ । भागी विवाह गरेका विजेता लिम्बुले फोनमा नर्वे घुम्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । हालसम्म कुनै विदेश भ्रमण नगरेका उनले फिल्मको टिमलाई पनि धन्यवाद दिएका छन् । उनी नर्वेमा बोबी जोडी उमेश र कविताको घरमा बस्नेछन् । 
 
निर्देशक तथा निर्माता मिलन चाम्सले अब विजेता राजेशलाई नर्वे लैजाने सबै प्रक्रिया सुरु हुने बताए । विजेता घोषणा कार्यक्रममा सहभागी हुनका लागि कविता नर्वेबाट केही दिन अगाडि मात्र नेपाल ओर्लिएकी थिइन् । उमेश भने काम विशेषले नेपाल आउन नसकेको कविताले बताइन् । 
 
उमेर र कविताको वास्तविक प्रेमकथामा निर्माण भएको फिल्मले घरेलु बजारमा सुखद व्यापार गरेको थियो । अहिले यो फिल्मको विदेशमा चर्को डिमान्ड छ । हालै यूके प्रदर्शनमा ‘बोबी’ ले १७ लाख कमाई गर्दै रेकर्ड बनाएको छ । अब फिल्मले यूरोप प्रदर्शन आरम्भ गरेको छ । फिल्ममा रियल जोडीकै अभिनय छ । 
Most Visited News (monthly)