Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

अब एउटै फिल्ममा आमिर र दीपिका

एजेन्सी, मुम्बई, 2018/10/25
बलिउड अभिनेत्री दीपिका पादुकोणका लागि यो महिना खुसीको सौगात लिएर आएको छ । हालै उनले आफ्नो प्रेमी रणवीर सिंहसँग विवाह गर्ने घोषणा गरेकी थिइन् । अब उनीसँग जोडिएको एक खबर बाहिर आएको छ । 
 
दीपिका चाँडै बलिउडका मिस्टर परफेक्निशट आमिर खानसँग पहिलो पटक सँगै काम गर्ने भएकी छन् । बेवसाइट बलिउड लाइफका अनुसार, आमिर खानको नयाँ फिल्म 'मोगुल' मा मुख्य अभिनेत्रीको रुपमा दीपिकाको इन्ट्री हुन सक्ने प्रवल सम्भावना छ । 
 
 
हालैमा दीपिकाले आमिरको घरमा नै पुगेर भेट गरेकी थिइन् । यसपछि चर्चा सुरु भएको थियो कि दीपिका फिल्म 'मोगुल' को हिस्सा बन्न सक्छिन् । फिल्ममा दीपिका अनुबन्ध भने भइसकेकी छैनन् । तर, निर्माण टिमसँग मौखिक सहमती भएको भारतीय मिडियाहरुले बताएका छन् ।  
 
दीपिकाले फिल्म साइन गरेपनि उनी आमिरको अपोजिटमा भने हुने छैनन् । पहिला यो फिल्म बलिउड सुपरस्टार अक्षय कुमारले गर्ने पक्का भएको थियो । तर, फिल्मका निर्माताको टी-सीरीजका मालिक भूषण कुमारसँग विवाद भएपछि अक्षयले फिल्म छाडेका थिए । यसपछि आमिर जोडिएका हुन् । 
 
यो फिल्म 'मि टु' मूभमेन्टका कारण पनि निकै चर्चामा रह्यो । यस फिल्मका निर्देशक सुभाष कपूरमाथि यौन उत्पीडनको आरोप लागेको थियो । यो सबै विवाद देखेपछि आमिरले पनि उक्त फिल्म छाडेका थिए । निर्माताले निर्देशक कपूरलाई हटाएपछि आमिर पुनः फिल्ममा भित्रिएका हुन् ।  
Most Visited News (monthly)