Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

स्टारडम मेन्टेन गर्न सजिलो होला पुष्पललाई ?

फिल्मीखबर, काठमाण्डौ, 2018/10/24
म्यूजिक भिडियो नियमित हेर्ने दर्शकका लागि पुष्पल खड्का अपरिचित अनुहार होइन । हरेक दिन युट्युब र टेलिभिजनको पर्दामा देखिरहने उनले पुनम गौतमको फिल्म 'अझै पनि' बाट अभिनय यात्राको मुहूर्त गरेका थिए । यसमा उनी साइड हिरो थिए । सुदर्शन थापाको प्रमुख भूमिका थियो ।
 
यो फिल्म चलेन । उनलाई आफ्नो डेब्यु फिल्म 'अझै पनि' भन्न समेत लज्जाबोध हुने बनायो । अब फिल्म पाइएला कि नपाइएला भन्ने डरले छटपटिरहँदा उनका लागि भगवान बनेर आए तुलसी घिमिरे । 'दर्पण छाँया २' मा उनलाई लिड रोल मिल्यो । तर, फेरि फिल्म चलेन ।
 
यस्तैमा उनमाथि बाघ निर्माता छविराज ओझाको आँखा पर्‍यो । नवल नेपाल निर्देशित फिल्म 'मंगलम' मा उनी अभिनेत्री शिल्पा पोखरेलको हिरो बने । सम्झनलायक भूमिका र जबरजस्त अभिनयले पुष्पललाई अहिले स्टार अभिनेताको पंक्तिमा उभ्याएको छ । उनलाई फिल्ममा लिन अचेल निर्माता/निर्देशकको लामै लाइन छ ।
 
गएको महिना मात्र उनले महसंचारको फिल्म 'दाल भात तरकारी' साइन गरे । अभिनेता प्रदीप खड्काले 'नो' भनेपछि यो फिल्म उनको हातमा परेको थियो । यो फिल्मको छायांकन सुरु नहुँदै पुष्पलले दोस्रो पटक 'अझै पनि' निर्मात्रीको फिल्म साइन गरेका छन् ।
 
यो फिल्ममा उनले तीन अभिनेत्रीसँग रोमान्स गर्नेछ । दीपिका प्रसाईँ र रेविका गुरुङ फिल्ममा अनुबन्ध भएका छन् । एक अभिनेत्री भने अमेरिकाबाट नेपाल आउनेछिन् । नवल नेपालले निर्देशन गर्ने फिल्मको छायांकन माघबाट सुरु हुनेछ ।
 
'मंगलम' बाट चम्किएका पुष्पललाई अब आफ्नो स्टारडम मेन्टेन गर्न सबैभन्दा चुनौतीपूर्ण हुनेछ । फिल्म क्षेत्रमा जति गाह्रो स्टारडम बनाउन हुन्छ उत्तिनै चाँडै गुम्न पनि समय लाग्दैन । यहाँ यस्ता उदाहरणको कमी छैन । अब पुष्पल अपवाद बन्न सक्लान् वा चुक्लान् ? यो त समयले बताउनेछ । 
Most Visited News (monthly)