Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेलिब्रेटीहरुको बाल्यकालको दशैं अनुभव: ‘दक्षिणा नै प्यारो’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/17
बर्ष ०७५ सालको दशैं आँगनमै आइसकेको छ । दशैं मनाउन राजधानीबाट घर जानेहरु बढ्दैछन् । राजधानीमा शहरमा सवारीको चाप घट्दैछ । दशैंमा टिका जमरा र ठुलाबडाले दिने आर्शिवादसँगै दक्षिणा पनि महत्वपूर्ण मानिन्छ । 
 
बाल्यकालमा दक्षिणा पाउँदाको पल कुन सेलिब्रेटीको कस्तो रह्यो ? यो प्याकेजमा हामी चर्चा गर्दैछौं । हाल प्रदर्शनरत फिल्म 'छक्का पञ्जा ३' की अभिनेत्री दीपिका प्रर्साइँले काका-कार्कीबाट बाल्यकालमा सबैभन्दा धेरै दक्षिणा पाएकी रहेछिन् । 'मेरो घरमा धेरै दक्षिणा दिनु भएको थियो । काका-कार्कीबाट २५ सय पाएकी थिएँ', उनले भनिन् । 
 
 
'कुटुमा कुटु' फेम्ड संगीतकार राजनराज सिवाकोटीले सानोमा कान्छा मामाले २० रुपैयाँ लिएको सम्झन्छन् । 'सबैभन्दा धेरै दक्षिणा मामा घरमा पाइन्थ्यो । मलाई सानोछँदा नै कान्छा मामाले २० रुपैयाँ दिनुभएको थियो । यो म कहिल्यै विर्सन नसक्ने दक्षिणा हो किनभने सबैभन्दा धेरै दक्षिण मैले त्यतिबेला पाएको हुँ ', उनले सम्झिए ।  
 
अहिले 'छक्का पञ्जा ३' को सक्सेस सेलिव्रेट गरिरहेका चर्चित हास्यकलाकार केदार घिमिरेले सबैभन्दा धेरै दक्षिणा ससुरालीमा पाएको बताउँछन् । 'कति पाएको थिएँ भन्न मिल्दैन', उनले भने ।  'शत्रु गते' फेम्ड अभिनेत्री आँचल शर्मालाई भने बाल्यकालमा गुरुआमाबाट २ हजार दक्षिणा पाउँदा दंग भएको स्मरण गर्छिन् । 
 
भर्सटायल अभिनेत्रीको रुपमा परिचित ऋचा शर्माले बाल्यकालमा दक्षिणाको लोभ हुने गरेपनि अहिले त्यो नहुने बताइन् । उनी भन्छिन्, 'पहिलाको जस्तो दक्षिणा पाउनुपर्छ भन्ने लाग्दैन । मलाई सानैमा बुबाले ५ सय रुपैयाँ दिनुभएको थियो । यो त्यतिबेला निकै ठूलो रकम थियो ।' 
 
सदाबहार अभिनेत्री करिश्मा मानन्धरले हरेक वर्षको दशैं आफूले मामाघरमा मनाउने गरेको सम्झन्छिन् । 'भान्जी भएकाले मलाई सबैले माया गर्थे । मलाई टिका लगाएर दक्षिणा दिन्थे । पैसा पाएपछि म मख्ख पर्थें', उनले भनिन् । हास्यकलाकार कुञ्जना घिमिरेले बाल्यकालमा टिका लगाएपछि खाम हेर्न हतार हुने सम्झिइन् । 
 
 
'लुट' फेम्ड निर्देशक निश्चल बस्नेत भने बाल्यकालमा छोरीहरुलाई टन्नै पैसा दिएपनि आफूले नपाउँदा नरमाइलो लाग्ने सम्झन्छन् । 'अरुले गोजीमा पैसा बोकेको देखेपछि मलाई मामाघर जाऔं जाऔं लाग्थ्यो । अनि टीकाकै दिन मामाघर हिँड्थेँ', उनले भने । 'छक्का पञ्जा ३' निर्देशक दीपाश्री निरौलाले सानोमा दक्षिणासँगै खसी किन्न खुब कर गर्ने गरेको सम्झन्छिन् ।
Most Visited News (monthly)