Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मांसाहारी जीतु भन्छन्, ‘बली प्रथाको विरोधी हुँ’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/17
दशक अगाडिको चर्चित हाँस्यटेलिभिजन कार्यक्रम 'जिरे खुर्सानी' मा 'मुन्द्रे' को चरित्र निर्वाह गरेपछि जीतु नेपालको परिचय नै बदलियो । अझै पनि उनलाई वास्तविक नामले कम सानो पर्दामा निभाएको चरित्रको नामले बढी चिन्दछन् । टेलिसिरियल बन्द भएपनि त्यसले उनको लोकप्रियता र व्यस्ततामा चोट पुर्याकएको छैन । 
 
हरेक महिना उनी देशभन्दा विदेशमा हुने कार्यक्रममा बढी व्यस्त रहने गर्दछन् । र, हरेक वर्ष उनी एक फिल्ममार्फत् दर्शकमाझ पुगिरहेका हुन्छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको '६ एकान ६' देखि घटस्थापनामा रिलिज भएको 'छक्का पञ्जा ३' सम्म उनी छुटेनन् । यस वर्ष उनी फिल्म 'रामकहानी' मा पनि देखिए । 
 
गएको दुई वर्षदेखि उनी 'छक्का पञ्जा'को सफलतासँग दशैँ मनाउँदै आएका छन् । यो निरन्तरता यस वर्ष पनि टुटेन । फिल्ममा शिक्षकको भूमिका निर्वाहा गरेका उनी दशैँ उल्का मनपर्ने पर्व बताउँछन् । 'दशैँ भनेपछि मन त्यसै फुरुङ्ग हुन्छ । मलाई औधि मनपर्ने चाड हो यो', उनले भने । 
 
 
बाल्यकालमा ठूलाबडाको हातबाट टिका ग्रहण गरेपछि ५ रुपैयाँ दक्षिणा पाउँदा खुसी हुने जीतु अहिले आर्शिवादको अपेक्षा राख्ने गर्दछन् । भन्छन्, 'बाल्यकालमा आर्शिवादभन्दा पैसा ठूलो लाग्थ्यो । अहिले आर्शिवादको लोभ लाग्छ ।' उनी ठट्यौली गर्दै थप्छन्, 'ससुरालीमा भने पैसा र आर्शिवाद पनि टन्नै पाइन्छ ।'
 
मांसाहारी भएपनि उनलाई दशैँमा बली चढाउने प्रथा भने मनपर्दो रहेनछ । उनी भन्छन्, 'बली प्रथाको म विरोधी हुँ । तर यो मैले भनेर मात्र केही हुँदैन । यो परापूर्वकालदेखि चलिआएको प्रथा हो । कसैको हत्या गरेर भगवान खुसी हुन्छन् भन्ने पक्षमा म छैन । र, मैले आजसम्म कुनै पशुको हत्या गरेको पनि छैनँ ।'
Most Visited News (monthly)