Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाह सुरजको फिल्ममा अनुबन्धित, बन्ने भयो 'हृदय भरी'

फिल्मीखबर, काठमाडौं, 2018/10/17
नायक पल शाह नयाँ फिल्ममा अनुबन्धित भएका छन् । उनले सुरज सुब्बाले निर्देशन गर्ने 'हृदय भरी'मा अभिनय गर्नेछन् ।
 
फुलपातीको अवसर पारी फेसबुक मार्फत निर्देशक नाल्बोले फिल्ममा पल शाहको प्रमूख भूमिका रहने उल्लेख गरेका छन् । मंगलबार नै पलसँग सम्झौता भएको थियो । शाह प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘हृदय भरी’लाई चन्दन शाह र सौरभ बिश्वासले संयुक्त निर्माण गर्नेछन् ।
 
 
हाललाई फिल्मबारे अन्य जानकारी र बाँकी कलाकारको खुलासा भएको छैन । गत बर्ष ‘नाल्बो’ निर्देशित फिल्म ‘रातो घर’ प्रदर्शनमा आएको थियो ।
Most Visited News (monthly)