Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अडानमा टिक्न नसक्ने आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2018/10/16
गायक रामकृष्ण ढकालको स्वरमा रहेको एक चर्चित गीत छ, ‘ओराली लागेको हरिणको चाल भो ।’ यो गीत चकलेटी अभिनेता आर्यन सिग्देलको ओरालो लागेको फिल्मी चालसँग मिल्छ । एक समयका सर्वाधिक डिमान्डेड अभिनेताको हातमा अहिले फिल्मको खडेरी छ । 
 
लगातार फिल्म बक्सअफिसमा डुब्न थालेपछि उनले बाहिरी ब्यानरको फिल्म नगर्ने वाचा गरे । आफ्नो प्रोडक्शन हाउससँग सहकार्य गरेमात्र फिल्म गर्ने अडान कसेर बसे । 'क्लासिक' र 'रुद्रप्रिया' बाहिरी ब्यानरको भएपनि उनको प्रोडक्शन हाउस जोडिएको थियो । 
 
हालै उनले सम्पूर्ण लगानी आफैंले खन्याएर फिल्म 'कायरा' बनाए । दर्शकलाई हलसम्म तान्न उनले अहिलेकी गिनेचुनेकी अभिनेत्री साम्राज्ञी आरएल शाहलाई १० लाख पारिश्रमिकमा अनुबन्ध पनि गरे । तर, दुर्भाग्य ! फिल्म चलेन । यो कुरा वितरक स्वयमले खुलाइसकेका छन् । 
 
 
आर्यनलाई उक्त फिल्मबाट अनुमानित ५० लाख घाटा रहेको वितरकको भनाई छ । गरेका एकपछि अर्का फिल्म बक्सअफिसमा डुब्नु र ठूला ब्यानर सहकार्य गर्न तयार नहुनुले अहिले आर्यनलाई आफ्नै वाचा ‘निल्नु न ओकल्नु’ भएको छ । अन्ततः उनले आफ्नै वचन तोडेका छन् । 
 
आफ्नो प्रोडक्सन हाउससँग आबद्ध हुने ब्यानरका फिल्ममात्र गर्ने अड्डी कसेर बसेका आर्यन हालैमा 'नाईँ नभन्नू ल' फेम्ड निर्देशक विकासराज आचार्यको नयाँ फिल्म 'हजार जुनी सम्म' मा अनुबन्ध भएका छन् । यो फिल्ममा उनको ब्यानर गाँसिएको छैन । महँगो पारिश्रमिक पाएपछि उनी फिल्म गर्न राजी भएका हुन् । 
 
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, उक्त फिल्ममा आर्यनले १३ लाख नजिक पारिश्रमिक बुझेका छन् । फिल्ममा उनको जोडी अभिनेत्री प्रियंका कार्कीसँग बाँधिएको छ । महँगो पारिश्रमिक भेटेपछि बोलीभन्दा विपरीत काम गर्न थालेका आर्यनको अडान पनि आखिर गफै त रहेछ नी ! कि कसो ?
 
Most Visited News (monthly)