Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशोक शर्माको नयाँ फिल्म अर्को दशैँमा, नाम जुर्‍यो यस्तो

फिल्मीखबर, काठमाण्डौ, 2018/10/16
यो दशैँको फुलपातीको दिन रिलीज भएको नेपाली फिल्म 'जय भोले'का निर्माता तथा निर्देशक अशोक शर्माको अर्को फिल्म आगामी दशैँमा रिलीज हुने घोषणा भएको छ । 'जय भोले' हेर्न हल पुगेका दर्शकमाझ फिल्म घोषणा भएको छ ।
 
'जय भोले' सकिएसँगै स्क्रिनमा फिल्म 'रातो टीका निधारमा' घोषणा हुन्छ । दशैँ बिशेष एक डिजाईन देखाउँदै भनिएको छ, 'अशोक शर्माको रातो टीका निधारमा २०७६ को दशैँमा' । यसअघि यो फिल्मको बारेमा अशोकले खुलाएका थिएनन् । फिल्म रिलीज मिति तोकिएपनि अन्य जानकारी भने खुलाईएको छैन ।
 
 
भर्सटायल अभिनेताको छवि बनाएका खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेत लगायतको अभिनय रहेको 'जय भोले' मंगलवार देखी देशैभर चलिरहेको छ । फिल्मले युवा साथीबीचको भावनात्मक मित्रता र प्रेम भन्छ ।
Most Visited News (monthly)