बलिउडमा 'मिटु' अभियानमा कयौं कलाकारले आफूमाथि भएको ज्यादतीलाई खुलेर बोलिरहेका छन् । अभिनेता सैफ अली खानले पनि यो अभियानको सपोर्ट गरेका छन् । उनले आफूसँग भएको २५ वर्ष पुरानो उत्पीडनको पनि खुलासा गरेका छन् ।
तर, उनको यो सेक्सुअल ह्यारेसमेन्ट थिएन । उनले भने, 'आफ्नो करिअरमा मैले पनि ह्यारेसमेन्टको सामना गरेको छु तर सेक्सुअल होइन । मलाई २५ वर्ष पहिला ह्यारेस गरिएको थियो । त्यो दिन सम्झिएर अहिले पनि रिस उठ्छ ।'

'धेरै मानिसहरु दोस्रोलाई बुझ्दैनन् । अरुको दुःख सम्झन निकै मुश्किल हुन्छ । म यो बारेमा कुरा गर्न चाहन्नँ किनकी आज यो जरुरी छैन । आज हामीले महिलाहरुको ध्यान राख्न आवश्यक छ' उनी अगाडि भन्छन्, 'आरोपीहरुलाइ सजाय मिल्नै पर्छ ।'
'मानिसहरु अपमानित छन् र उनीहरुलाई न्यायकोे प्रतिक्षा छ । जे पनि भइरहेको छ त्यो सही भइरहेको छैन । जसले महिलाहरुको यौन उत्पीडन गरेका छन्, उनीहरुले त्यसको सजाय पाउनै पर्छ', उनले भने ।
उनले निर्देशक साजिद खानमाथि लागेको आरोप बारे पनि बोलेका छन् । सैफले साजिदको फिल्म 'हमशकल्स' मा काम गरेका थिए । फिल्मकी एक्ट्रेस बिपाश बसु र ईशा गुप्ताले साजिद खानको गलत व्यवहारको बारेमा बताएका छन् ।
सैफले यस बारेमा आफूलाई वास्तविकता थाहा नभएको बताएका छन् । 'यदी मेरो अगाडि यस्तो भएको हुन्थ्यो भने म त्यो माहोलमा काम नै गर्दिनँ थिएँ । जहाँ महिलामाथिको अपमान हुन्छ त्यो मेरो लागि कहिल्यै स्वीकार्य हुँदैन', उनले भने ।

