Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयुष्मान र तबूको ‘अन्धाधुन’ पहिलो हप्तामै हिट

फिल्मीखबर, काठमाण्डौ, 2018/10/14
भर्सटायल अभिनेता आयुष्मान खुराना र अभिनेत्री तबू स्टारर फिल्म ‘अन्धाधुन’ ले दर्शकको नाडी समातिसकेको छ भने बक्सअफिसमा सानदार प्रदर्शन गरिरहेको छ । यो फिल्म रिलिज भएको एक हप्ता भइसकेको छ र फिल्मले हालसम्म २८ करोडमाथि कमाई गरेको छ । 
 
यो फिल्म यस्तो समयमा रिलिज भएको थियो जब यसको सामना बक्सअफिसमा सलमान खानको प्रोडक्शनमा निर्मित फिल्म 'लभयात्री' र हलिउड फिल्म 'भेनम' सँग थियो, तर यसको बाबजुद् पनि एक मर्डर मिस्ट्री र आयुष्मान खुरानाको अन्धोपनको कहानी वरिपरि घुमेको फिल्मलाई दर्शकले पहिलो नम्बरमा राखेका छन् । 
 
 
बलियो 'वर्ड अफ माउथ' बाट यो फिल्मलाई ठूलो फाइदा भएको छ । फिल्मले प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरिसकेको छ । पहिलो हप्तामा २८ करोड कमाएको फिल्मको लाइफटाइम कलेक्सन ५० करोड नजिक हुने फिल्मी पण्डितहरुको अनुमान छ । फिल्मले रिलिजको दिन २ करोड ७० लाख कमाएको थियो । 
 
फिल्मलाई मिलेको सक्सेसपछि निर्देशक श्रीराम राघवन र एक्टर आयुष्मान खुराना अब सक्सेस पार्टीको तयारीमा छन् । फिल्मका एक सदस्यले भने, 'राधवन र आयुष्मानले पहिलो पटक सँगै काम गरेका हुन् र पहिलो सहकार्यमा नै उनीहरुले गोल्ड आफ्नो नाम गरेका छन् । अनि सेलिब्रेसन त बन्छ नै ।'
 
'बरेली की बर्फी', 'शुभ मंगल सावधान' पछि आएको 'अन्धाधुन' आयुष्मानका लागि जितको ह्याट्रिक भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएका काजोलको 'हेलिकप्टर ईला', 'तुम्बाड', 'फ्राई डे' र 'जलेबी' ले समेत उक्त फिल्मलाई असर पुराएको छैन । सो फिल्मलाई यस वर्षको हिट फिल्ममा सुचिकृत गरिएको छ । 
Most Visited News (monthly)