Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लै लै’ पछि ‘प्रसाद’ को ‘बनकी चरी’ गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/10/14
'नोभेम्बर रेन' फेम्ड निर्देशक दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि यूट्युब रिलिज गरिएको ‘लै लै’ गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा आइतबार निर्माण टिमले दशैंको अवसर पारेर ‘बनकी चरी’  गीत सार्वजनिक गरेको हो । 
 
 
गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ भने सुवाष भुषालको शब्दमा वि. पाण्डेले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता विपिन कार्कीलाई गायकको भूमिकामा देख्न सकिन्छ भने अभिनेता निश्चल बस्नेतले एक युवतीसँग ठुम्का लगाएका छन् । 
 
मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ मा नम्रता श्रेष्ठ पनि प्रमुख भूमिकामा छिन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । उक्त फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । 
 
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले बोल्छ । सुवाष र कोशिष क्षेत्रीको पनि संगीत रहेको फिल्ममा हिमाल केसीको थ्रिल छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)