Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डाइङ क्यान्डल’ ले सिंगापुरमा जित्यो दुई अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2018/10/14
 
घरेलु बजारमा औसत व्यापार गरेपनि समीक्षक र दर्शकको नजरमा उत्कृष्ट ठहरिएको फिल्म ‘डाइङ क्यान्डल’ ले ‘सिंगापुर साउथ एसियन इन्टरनेशनल फिल्म फेष्टिवल’ मा दुई अवार्ड आफ्नो नाम गरेको छ । फिल्मले उत्कृष्ट अभिनेत्री र छायाँकारको अवार्ड उचालेको हो । 
 
अभिनेत्रीको अवार्ड सृजना सुब्बाले आफ्नो नाम गर्दा छायाँकारको अवार्ड दीपन्कर सिक्देर र रवीन आचार्यले उचाले । यो फिल्मलाई नरेशकुमार केसीले निर्देशन गरेका हुन् । गएको दुई वर्ष अगाडि योे फिल्म नेपाल रिलिज भएको थियो । दिदी-भाईको आत्मीयताको कथा फिल्मले वाचन गरेको छ । 
 
सिंगापुरमा भएको फिल्म फेस्टिवलमा फिल्म ‘डाइङ क्यान्डल’ नोमिनेसनमा परेपछि निर्देशक केसी र अभिनेत्री सुब्बा केही दिन अगाडि सिंगापुर उडेका थिए । फिल्मले अन्तर्राष्ट्रिय अवार्ड जित्नु आफ्नो लागि थप जिम्मेवारी थपिएको निर्देशक केसीले बताए । उनी निर्देशित दोस्रो फिल्म 'रोमियो एण्ड मुना' हालै प्रदर्शनमा आएको थियो । 
 
 
फिल्ममा तिख्खर अभिनय पस्किएकी थिएटर आर्टिस्ट सृजनाले अवार्डसँगै जिम्मेवारी महशुस भएको बताएकी छन् । गएको वर्ष नेपालमा भएका केही अवार्डमा पनि उनले उक्त फिल्मबाट उत्कृष्ट अभिनेत्रीकोे अवार्ड  उचालेकी थिइन् । ‘डाइङ क्यान्डल’ को कथा निर्देशक स्वयमले लेखेका हुन् । 
Most Visited News (monthly)