Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निर्माताको चेपुवामा अनमोल !

फिल्मीखबर, काठमाण्डौ, 2018/10/13
लगातार पाँच फिल्म सुपरहिट दिएका सुपरस्टार अनमोल केसीलाई अहिले 'पैसा छाप्ने मेशिन' भन्न थालिएको छ । बलिउडमा प्रख्यात 'कि फिल्म भगवान भरोसाले चल्छ कि सलमान भरोसाले' भन्ने भनाई नेपाली फिल्ममा अनमोलमाथि प्रयोग हुन थालेको छ । जो कोही मेकर्स उनलाई लिएर फिल्म बनाउन तयार छन् । 
 
उनलाई लिएपछि लगानी सुरक्षित गर्न अनेकन लफडा झेल्नु नपर्ने निर्माता/निर्देशकको सोचाई छ । एक फिल्मबापत ५० लाखसम्म पारिश्रमिक बुझ्ने उनले पटक-पटक भन्दै आएका छन्, 'हरेक फिल्म एक वर्ष नभए छ महिनाको अन्तरमा रिलिज हुन्छ । एउटा रिलिज नभएसम्म अर्कोमा काम गर्दिनँ ।' 
 
 
लगातार फिल्म गर्दा साख गुम्ने उनलाई चित्ता छ । तर, अहिले उनको बोली एकातिर र काम अर्कोतिर भइरहेको छ । 'क्याप्टेन' रिलिज नहुँदै 'ए मेरो हजुर २' गर्दैछन् । अब हुँदाहुँदा फिल्मको रिलिज अन्तर पनि डेढ महिनाको हुने भएको छ । 'क्याप्टेन' फागुन १७ मा रिलिज हुँदैछ भने 'ए मेरो हजुर ३' चैत २९ मा । 
 
'क्याप्टेन' फागुनमा आउने भएपछि 'ए मेरो हजुर ३' भदौमा रिलिज हुने चर्चा थियो । तर, शुक्रवार निर्देशक झरना थापाले ‘ए मेरो हजुर ३’ फर्स्टलुक रिलिज गर्दै चैत २९ लाई नै रिलिज डेट घोषणा गरेकी छन् । अब अनमोल ६ महिनाको अन्तरमा होइन डेढ महिनामै हल छिर्नेछन् । 
 
हतारमा फिल्ममा अनुबन्ध हुँदा अब अनमोल निर्माताको चेपुवामा परेका छन् । डेढ महिनाको अन्तरमा दुई फिल्म रिलिज हुँदा अनमोलको करिअर र स्टारडम संकटमा पर्नेमा दुईमत छैन । दुबै फिल्मका वितरक मनोेज राठी भएका कारण एक फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड हुने सम्भावना भने जीवित छ । 
Most Visited News (monthly)