Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अक्षयले विरोध गरेपछि साजिदले छाडे ‘हाउसफुल ४’

एजेन्सी, मुम्बई, 2018/10/13
यौन शोषणको सामना गरिरहेका निर्देशक साजिद खानले फिल्म ‘हाउसफुल ४’ छाडेका छन् । एक स्टेटमेन्ट जारी गर्दै उनले निर्देशन छाड्न प्रेसर आएको बताएका छन् । हालैमा यस विषयलाई लिएर अक्षय कुमारको बयान बाहिर आएको थियो । उनले यौन शोषणको आरोप लागेको व्यक्तिसँग काम नगर्ने बताएका थिए । 
 
साजिदले ट्विट गर्दै भनेका छन्, 'मेरो विरुद्ध लागेको आरोप र मेरो परिवार, मेरा निर्माता र ‘हाउसफुल ४’ का स्टार्सद्वारा ममाथि बनाइएको प्रेसरपछि यो मेरो नैतिक जिम्मेवारी बन्छ कि फिल्मको निर्देशन पोस्ट छाडुँ ।' उनले आफूलाई निर्दोष साबित गरेरै छाड्ने बताएका छन् ।
 
 
यस मामलामा बोल्दै अक्षयले एक बयान जारी गरेका छन् । उनले लेखेका छन्, 'मैले निर्मातालाई रिक्वेस्ट गरेको थिएँ कि फिल्म ‘हाउसफुल ४’ को छायांकन तबसम्म रोकौं जबसम्म यो मामलाको जाँच पूरा हुँदैन । यो एक यस्तो मामला हो, जसमाथि सिधै एक्सन लिनुपर्छ ।' 
 
'म कुनै पनि यस्ता व्यक्तिसँग काम गर्न चाहन्नँ, जो कुनै पनि प्रकारको शोषणमा सामेल भएको होस्' उनले थपे, 'पीडितलाई न्याय मिल्नुपर्छ ।' अभिनेत्री सलोनी चोपडा, अभिनेत्री रचेल ह्वाइट र चर्चित जर्नलिस्ट करिश्माले फिल्म मेकर साजिद खानमाथि यौन शोषणको आरोप लगाएका छन् । 
 
सलोनीले अन्तर्वार्ताको क्रममा साजिदले अश्लिल प्रश्न सोधेको दाबी गरेकी छन् । उनले लेखेकी छन्, 'उसले मलाई सोध्यो के तपाई हस्तमैथुन गर्नुहुन्छ ? यदी हो भने दिनमा कति पटक ? के तपाईलाई कसैले सेक्सुअली अब्यूज गरेको छ ?' उनले सेक्सको मानसिक कनेक्सनको बारेमा पनि सोधेको बताएकी छिन् । 
Most Visited News (monthly)