Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

अनुप भन्छन्, ‘स्वदेशी ब्राण्डलाई प्राथमिकता दियौं’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/12
 
भर्सटायल अभिनेताको छाप बनाएका अनुपविक्रम शाही फिल्ममा मात्र होइन, विज्ञापन बजारमा पनि डिमान्डेड छन् । महँगो पारिश्रमिकमा क्लोथ्स ब्राण्ड 'क्याप्सूल नाइन' को ब्राण्ड एम्बेसडरमा नियूक्त भएका उनले सिभिल मलमा सञ्चालनमा आएको सो ब्राण्डको 'न्यू आउट लेट' को उद्घाटन गरेका छन् । 
 
बिहीबारबाट सिभिल मलको तेश्रो तल्लामा खुलेको उक्त आउट लेटमा 'क्याप्सूल नाइन' ब्राण्डसँग सम्बन्धित सबैजसो लुगाहरु उपलब्ध हुने ब्राण्डका प्रवन्ध निर्देशक विनोद ढकालले जानकारी दिए । 
 
उद्घाटनपछि अनुपले भारत र चीनबाट समेत प्रोडक्ट हुने प्रसिद्ध नेपाली ब्राण्डसँग आफू जोडिन पाउनु खुशीको कुरा रहेको बताए । उनले अन्तर्राष्ट्रिय स्तरसम्म मार्केट बढाउँदै लगेका नेपाली प्रोडक्टहरुमा कलाकारहरुलाई स्थान दिँदै जानु सुखद कुरा रहेको बोले । 
 
 
उनले स्वदेशी ब्राण्डलाई प्राथमिकता दिन पनि आग्रह गरेका छन् । निर्देशक ढकालले नेपालसँगै अब छिट्टै नै भारतका विभिन्न शहरहरुमा 'क्याप्सूल नाइन' ले आफ्नो बजार बिस्तार गर्न लागेको जानकारी गराउँदै अन्य एशियन देशहरुमा समेत तयारी भइरहेको बताए ।
Most Visited News (monthly)