भेट्रान निर्देशक उज्जवल घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘लभ स्टेशन’ को अहिले दर्जिलिङमा छायांकन भइरहेको छ । युवा स्टार प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रमुख भूमिका रहेको फिल्मको ५० प्रतिशत छायांकन सकिएको निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् ।
.jpg)
फागुनमा रिलिज गर्ने तयारी भइरहेको फिल्मको सुटिङ सेटबाट लिड अभिनेता/अभिनेत्रीको तश्बिर बाहिरिएको छ । फिल्मीखबरलाई प्राप्त दुई तश्बिरमध्ये एकमा प्रदीप, जसितासँग रोमान्टिक अन्दाजमा देखिएका छन् । उनको हातमा गितार छ ।
तश्बिरबाट उनी फिल्ममा गायकको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । यसअघि फिल्म 'लिलिबिली' मा प्रदीप र जसिताको जोडी बाँधिएको छ । रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको पनि ‘लभ स्टेशन’ मा अभिनय छ ।
फिल्मभित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले बताएका छन् । फिल्मको कथामा प्रदीप र जसिताको जोडी खुब सुहाएको उनले बताए । अभिनेता प्रदीपले आफ्ना विगतका फिल्मभन्दा केही पृथक ‘लभ स्टेशन’ बन्नेमा विश्वस्त छन् । उनी भन्छन्, दार्जिलिङको सुन्दर दृश्यले फिल्म झनै राम्रो बनेको छ ।
.jpg)
आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । ‘लभ स्टेशन’ लाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

