Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 1.80/5.00)
Text size:-
+
-

दुई दिनमा ‘छक्का पञ्जा ३’ ले कमायो दुई करोडमाथि

फिल्मीखबर, काठमाण्डौ, 2018/10/12
यस वर्ष कमजोर देखिएको नेपाली फिल्म बजारलाई दशैंको छेको पारेर प्रदर्शनमा आएको ‘छक्का पन्जा ३’ ले चलायमान बनाएको छ । फिल्मको इनिसियल बक्सअफिस बम्पर देखिएको छ । फिल्मको ओपनिङलाई कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिएको छ । 
 
फिल्मीखबरलाई वितरक र निर्माताले दिएको जानकारी अनुसार फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ग्रस कलेक्सन गरेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन १ करोड ३० लाख र दोस्रो दिन ८० लाख ग्रस कलेक्सन गरेको हो । बिना विदामा फिल्मले गरेको यो कलेक्सनलाई बम्पर मान्न सकिन्छ । 
 
 
देशभरका अधिकांश सिंगल स्कृनमा वर्चश्व र मल्टिप्लेक्समा सर्वाधिक सोज पाएका कारण फिल्मको इनिसियल बक्सअफिस बम्पर भएको हो । वितरक मनोज राठी भन्छन्, 'बिना विदामा नेपाली फिल्मले करोडमाथि कलेक्सन गर्नु सानोतिनो कुरा होइन । हरेक दिन हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको छ ।' 
 
निर्माता तथा कलाकार दीपकराज गिरीले सिंगल स्कृनभन्दा मल्टिप्लेक्समा फिल्मको कलेक्सन उच्च रहेको बताए । उनले भने, 'फूलपातीबाट लगातार बिदा छ । अहिले सबैलाई घर जाने चटारोले सिंगल स्कृनमा अपेक्षाकृत दर्शक आएका छैनन् । फूलपातीबाट दर्शककोे भीड बढ्छ ।' उनी फिल्मको कलेक्सनभन्दा 'गूड वर्ड अफ माउथ' बाट खुसी भएको बताउँछन् । 
 
अब विस्तारै फिल्मको कलेक्सन मोफसलतर्फ बढ्न थालेको छ । राजधानी बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर हरेक दिन फिल्मले हाउसफुल दर्शक पाएको वितरक कम्पनी एफडीले जानकारी दिएको छ । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । 
 
पाँचदिने विकेन्ड पाएको फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ । फिल्मले शिक्षा क्षेत्रमा हुने बेथितीलाई उदाङ्गो पारेको छ ।