Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋतिकलाई बाइकट गर्नुपर्छ : कंगना

एजेन्सी, मुम्बई, 2018/10/12
बलिउडमा यतिबेला 'मिटु' अभियानले आँधीको रुप लिइरहेको छ । हरेक दिन सेलिब्रेटीको नाम आरोपीहरुको लिस्टमा जोडिरहेको छ । आफ्नो बयानका कारण चर्चा र विवादमा आइरहने अभिनेत्री कंगना रनौतले केही दिन अगाडि निर्देशक विकास बहलको खुलेर आलोचना गरेकी थिइन् । 
 
उनले अब 'मिटु' क्याम्पेनमा पूर्व प्रेमी तथा अभिनेता ऋतिक रोशनको नाम जोडेर सबैलाई हैरान बनाएकी थिइन् । एक च्यानलले सोधेको 'मिटु' प्रश्नमा कंगनाले भनिन्, 'विकास बहलसँग जे पनि भयो त्यो राम्रो भयो । यस्ता धेरै मान्छे छन् इन्डस्ट्रीमा । एक विकास बहल मात्र होइनन् ।' 
 
 
'अहिले नै हामीले विजयी महशुस गर्न आवश्यक छैन । हामी टाढासम्म जानु छ । यहाँ यस्ता मान्छे मात्र छैनन्, जो युवतीसँग जोर-जबर्जस्ती गर्छन् । फिल्म इन्डस्ट्रीमा यस्ता पनि मान्छे छन्, जो युवतीसँग झुटो बाधा गरेर, विवाह वा कामको बहाना दिएर रिलेसन बनाउँछन्', उनले भनिन् । 
 
उनले युवतीसँग झुटो बाधा गर्नु पनि ह्यारसमेन्टको क्याटोगरीमा आउने बताइन् । कंगना थप्छिन्, 'यस्ता मानिस आफ्ना पत्नीलाई ट्रफी जसरी राख्छन् र एक योङ युवतीसँग सम्बन्ध राख्छन्, बिहेको झुटो बाधा गर्छन् ।' उनले ऋतिक रोशनको नामै लिएर भनिन्, 'हो, म उसैको कुरा गर्दैछु ।' 
 
'ऊसँग कसैले काम गर्नु हुँदैन' उनले भनिन्, 'यस्ता मानिसलाई बाइकट गर्नुपर्छ ।' ऋतिक र कंगनाको विवाद निकै पुरानो हो । यी दुई निकै वर्ष अगाडि रिलेसनशिपमा थिए । ब्रेकअपबाट आहत कंगनाले ऋतिकमाथि कयौं आरोप लगाएकी छन् । दुईको झगडा कोर्ट समेत पुगिसकेको छ । 
Most Visited News (monthly)