Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चोलीको तुना’ सुर्के पार्दै ऋचा र छुल्ठिम (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/10/11
बडा दशैंको अवसर पारेर फिल्म ‘न यता न उता’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘चोलीको तुना’ गीतमा मिलन जलन र राजन इशानको संगीत रहेको छ भने राजन इशान, मिलन अमात्य, राजन राज शिवाकोटी, र मिना सिङको स्वर छ । 
 
 
गीतको शब्द एकनारायण भण्डारीले लेखेका छन् । विक्रम स्वाँरको कोरियोग्रफी रहेको गीतको भिडियोमा ऋचा शर्मा, छुल्ठिम गुरुङसँगै समिरमणी दिक्षित र मिराज रोशन फिचर्ड छन् । ‘न यता न उता’ लाई मिराज रोष र विसारद बस्नेतले निर्देशन गरेका हुन् ।
 
बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सेल्सा जिरेल, जीवन भट्टराई, किरन रार्इ, नमिता घिसिङ, लुनिभा तुलाधर (पवनकली), राजन खतिवडालगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।  
 
ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता फिल्मको कथा निर्देशक मिराजले लेखेका हुन् । अभिमन्यू निरवीको डाइलग रहेको फिल्मलाई अरुण अशोककुमारले खिचेका हुन् । फिल्मको टिजर र गीत सार्वजनिक भएपनि प्रदर्शन मिति भने घोषणा गरिएको छैन । 
 
भिडियो :-

Most Visited News (monthly)