मिति : २०८१ वैशाख ५, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(19 votes, avg 3.95/5.00)
Text size:-
+
-

`म नै हो गडफादर` : बिराज भट्ट

अनुप भट्टराई, काठमाण्डौ, २०६९ पौष २९, आईतवार

फिल्म क्षेत्रमा आउनु अघिनै विराज भट्ट बिवाह बन्धनमा बाधिएका थिए । कलिउडमा जव उनी हिरोको रुपमा उदाए त्यो दिन देखि आज सम्म उनी स्टारको रुपमा परिचित छन् । पछिल्लो समय नेपाली फिल्म न्यून मात्रामा खेल्न थालेका उनी बिहारका दर्शकमाझ लोकप्रिय पनि भईरहेका छन् । भोजपुरी फिल्ममा एक्कासी ब्रेक पाएपछि उनी नेपालका स्टार मात्र हैन अहिले उताको मार्केटमा पनि त्यतिकै बिकाऊ भएर देखा परेका छन् । एक हप्ताको लागि नेपाल आएका बेला भक्तपुर बालकोट स्थित उनकै निवासमा अनुप भट्टराईले उनीसंग एक्सक्लुसिभ कुराकानी गरेका छन् ।   


आराम हुनुहुन्छ ?
अँ, ठीक छु ।


कति दिन भो नेपाल आउनु भएको ?
६–७ दिन भयो ।


बीच–बीचमा आई राख्नुहुन्छ है तपाई भाउजुलाई भेट्न ?
हो, बच्चा पनि छ त्यसकारण । र, अर्को कुरा आफ्नो देशको माटो धरै कुराहरु छन् ।


फ्यामेलीमा कति जना हुनुहुन्छ ?
दुई वटा छोरा, वाईफ अनि म ।


छोराहरु कति–कति बर्षका भए ?
एउटा सात–आठ बर्षको सानो छ अर्को दशमा पढ्ने मै जत्रो छ तपाईले देख्नु भो भने आत्तिनु हुन्छ ।


छोरीको रहर हुन्छ होला नि हैन ?
त्यस्तो लागेन कहिले पनि । बरु वाईफलाई चाहि हुनसक्छ । म त दुई छोरामै सन्तुष्ट छु ।


बिहे गरेको चाहि कति बर्ष भो नि ?
म फिल्म लाईनमा आउनु अघि नै हो । जतिबेला म स्ट्रगलको पिरियडमा थिए ।

 


प्रसङ्ग बदलौ, तपाईको स्ट्रगलको बिषयमा गडफादर म हुँ भनेर शोभित बस्नेत, रेखा थापा र प्रोड्यूसर सुशिल पोखरेलले धेरै ठाँउमा भन्ने गरेको सुनिन्छ । आज भन्दिनुस तपाईको गडफादर को हो या कोही होईनन् ?
साँच्चिकै स्टारको कुरा गर्नुहुन्छ भने स्टारलाई स्टार बनाउन स्टारको आफ्नो मिहिनेत, डेडिकेशन र त्यसपछि पब्लिक सवैभन्दा माथि । यसको फिल्म त्यसको फिल्म भन्ने त बहाना मात्र हो । कसैको फिल्म खेल्ने बित्तिकै अगाडी आई हाल्ने चाहि हैन । जस्तो हामी पछि धेरै हिरोहरुलाई शोभित जीले लन्च गर्नुभो, शुसिल जीले ल्याउनु भो अनि छवि ओझाले पनि कति जना ल्याउनु भो तर खैत उहाँहरु ? त्यसमा कलाकारको मिहिनेत र अडियन्सले गर्ने माया सवभन्दा ठूलो हुन्छ र केही कुरा गड गिफ्टेड पनि हुन्छ जो सबैले पाउदैन ।


गडगिफ्टेक्ड भन्नु भो तर म गड फादरमा केन्द्रित छु, त्यसैले भन्नुस तपाईको गडफादर छ या छैन ?
गडफादर त कोही पनि छैन ।


भनेपछि आफूले आफूलाई नै गडफादर मान्नुहुन्छ ?
हन्ड्रेड पर्सेन्ट ।


त्यसो भए अहिले तपाई भोजपुरी मार्केटमा निकै ब्यस्त हुनुहुन्छ तर उताको ईन्डष्ट्रिमा ईन्ट्री मार्ने क्रेडिट त कसैलाई दिनुहुन्छ होला नि ?
उताको क्रेडिट चाहि एक जना मान्छेलाई मैले दिनै पर्छ । किन कि आजको दिनसम्म म उहाँसंग जोडिएको छु ।  एउटै ब्यानरमा रहेर उहाँको दशौं फिल्म म रेगुलर गर्दैछु 'गुण्डा' भन्ने फिल्म जुन फ्लोरमा जान लागेको छ । ईन्डियाको ईतिहास हेर्यो भने १२ देखि १३ फिल्म मात्र छ सवभन्दा बढी एउटै आर्टिष्टसंग कम्बिनेशन भा'को जुन अमित जी (अमिताभ बच्चन) को हकमा देखिन्छ र हामीले पनि ३ चारवटा फिल्म गर्‍यौं भने त्यो रेकर्डमा चाहि हामी पुग्छौ होला ।


भनेपछि उताको गडफादरको नाम चाहि के पर्‍यो नि !
रमाकान्त प्रसाद, उहाँ पहिला डिष्टिब्युटर हुनुहुन्थ्यो अहिले प्रोड्यूसर । उहाँसंग २००८मा पहिलो फिल्म गरेको थिएँ 'लागले राजाजी' त्यो फिल्म त्यो टाईमको सिल्भर जुब्ली मनाउन सफल भयो र त्यो सफलतापछि लगातार दशौं फिल्म 'गुण्डा'को तयारीमा जुन फिल्मको सुटिङ जनवरी १४ तारिख देखि हुदैछ ।

 


तपाईको बिषयमा नेपाली मिडियामा एउटा कन्फयूजन छ कसैले तपाई भोजपुरी दर्शकमाझ नेपालको स्टार भनेर चिनिनुहुन्छ सोही क्रममा तपाई नम्बर वान हुनुभयो भनि लेखि राख्या हुन्छ कोहीले तेस्रो नम्बर चोथो नम्बर भनी उल्लेख गरिराख्या छ खासमा यो कुरा के होला ? त्यहाँको पब्लिक र क्रिटिक्सको भ्यूलिएर आज प्रष्ट पारिदिनुस ।
फ्याक्टमा भन्नुपर्दा तपाई कलाकारिता र ट्यालेन्टको हिसावले कुरा गर्नुहुन्छ भने शायद नम्बर वानमा पर्छु होला म तर पेमेन्टको कुरा गर्नु हुन्छ भने म तेस्रो/चौथोमा आउछु । किन भने त्यहाँ पेमेन्ट कसरी छ भने सिङगरहरुको पेमेन्ट बढी छ । उनीहरुको पेमेन्ट किन पनि बढी हुन्छ भने ईलेक्ट्रोनिक्स मिडियामा उनीहरुको मार्केट राम्रो छ  जुन सिङगरले फिल्म खेल्यो उसले आफ्नो गाना गाउछ र त्यो गाना गाउने वित्तिकै टी–सिरिजले १५ देखि २५ लाख सम्म त्यो म्यूजिकको मात्र दिने गर्छ । त्यो पैसा पनि  हिरोले जोडेर लिईरहेको हुन्छ । जुन हाम्रो हकमा मिल्दै मिल्दैन किनकी हामी सिङगर हैन । तर कलाकारिताको हिसावमा हेर्नुहुन्छ भने जो पनि आर्टिष्ट सफल भईरहेका हुन्छन र सवैलाई नम्बर वान भन्दा केही पनि फरक पर्दैन । किन भन्नुहुन्छ भने त्यो ठाँउमा आर्टिष्टहरु चल्दैचल्दैन । जहिलै पनि सिङगरलाई माया गर्ने सिङगर बेष्डको ईन्डष्ट्रीज हो । त्यहाँ कुनै आर्टिष्ट चल्छ भने त्यो एउटा सफल कलाकार आफैमा हो नै  र नम्बर वान भन्दा फरक पर्दैन ।


भनेपछि पैसा धेरै कमाउनका लागि तपाईलाई कहिलै लागेन गायक बन्छु भनेर ?
अहँ, बरु सुरुको समयमा चाहि केही सिङगरहरुसंग कम्बिनेशन थियो । त्यसमध्ये दिनेश निरौलासंगको कम्बिनेशनमा पनि मैले काम गर्ने मौका पाए जो आज पनि नम्बर वान स्टार हो ।    


प्रसङ्ग जोडौ तपाईको पेमेन्टमा, तपाईको पारिश्रमिक कति हो भनेर म सोध्दीन तर नेपालको भन्दा कति टाईम्स बढी तपाई लिईरहनु भएको छ ?
(लामो हाँसोमा) गाँउबाट आएको लाटो मानिस नसम्झनुस् न । कति टाईम्स भन्यो भने त थाहा भईहाल्छ नि !


तर पारिश्रमिकको जानकारीले एउटा स्टारडम शो गर्छ नि हैन ?
मलाई यस्तो खालको स्टारडम शो गर्नु छैन ।


अन्ततः पैसा पैसा नै हो नि त हैन ?
त्यो त हो यार, भयंकर सहि कुरा गर्नुभो । पैसा, ठीक छ यहाँ भन्दा राम्रो छ तर यहाँसग किन दाज्ने ? मलाई पुगिराछ । र, यहाँभन्दा धेरै खर्च पनि त छ नि !

 
तर तपाईको फ्यानहरुले बुझन चाहन्छन् नि तपाईले भोजपुरी मार्केटमा कति पैसा लिनुहुन्छ भनेर ?
उहाँहरुले यो कुरा बुझ्न चाहनुहुन्न मैले कति पैसा लिन्छु भनेर  । बरु नेपालमा चाहि बिराज भट्टले कहिले फिल्म खेल्छ  भन्ने चाहि चासो हुन सक्छ ।


कहिले खेल्ने त विराज भट्टले अब नेपाली फिल्म ?
राम्रो प्रोजेक्टबाट अफर आयो भने डेफिनेट्ली म छिट्टै खेल्ने छु ।  

अफर आयो भने गर्छु भन्नुभयो तर तपाईको परिवारबाट भट्ट फिल्मस दर्ता भई एउटा फिल्म फ्लोरमा पनि गईसकेको छ त्यसैले तपाई आफैले पनि आफ्नै लगानीमा प्रोजेक्ट ल्याउन सक्नु हुन्छ नि ?
यो कुरामा चाहि के छ भने त्यसको लागि अलि समय लाग्न सक्छ । किन भने फेरी आफैले सुरु देखि तयारी गर्नुपर्ने हुन्छ । कसैले रेडी गरेको प्रोजेक्ट गरिदिनुस भन्नुभयो भने चाहि त्यसमा हेर्न सकिन्छ ।


भनेपछि ब्यानर साँझेदारी खोज्नु भा'हो ?
मलाई ब्यानर साँझेदारी चाहिएको हैन । सायद तपाईले बुझ्नु भएन । मैले आफूले निर्माण गर्ने कुरामा कोही प्रोड्यूसरहरु आउनुभयो पनि सोच्न सकिन्छ यध्यपी आफूनो सोलो निर्माण त छदैछ ।

 



धेरै भएछ नेपाली फिल्म खेल्नु भा' छैन । खेलेका कति फिल्म रिलिज हुन बाँकी छन् याद छ ?
करिब पाँच वटा जति होलान् ।


अलिकति फ्ल्यासब्याक मै जाऊ । तपाईलाई तुलसी घिमिरेले हिरोको लायक छैन भन्नु भएको प्रसङ्ग चलिरहन्छ, के यो सत्य थियो ?
त्यो उहाँले भनेको कुरा सत्य हो र अरु चार पाँच जना डाईरेक्टरहरुले पनि त्यो कुरा भन्नु भएको थियो ।


तर पछि हिरो भएर लिड रोलमा संगै काम गर्दाको अवस्थामा चाहि कहिलै यो कुराले कुनै  बहसको बिषय बनाएन सुटिङ स्पटमा ?
पछि हुने कुराहरु त्यस्तो केही पनि भएन । उहाँहरुले मलाई ईग्नोर गरेको कुरा चाहि कसरी रिपिट गर्ने ? किनकी मसँग डेट लिन नै उहाँहरुलाई गार्‍हो परेको स्थिती भईसकेको थियो र त्यो कुरालाई गम्भीरताको रुपमा हामी कसैले पनि लिएनौ । र, त्यो स्ट्रगलको टाईममा भन्ने कुरा आफ्नै थियो पछि यो मान्छेले गर्‍यो है भन्ने त परेको छ ।



कुनै बेला एकान्तमा बस्दा यी कुराहरुले कता-कता छुन्छ होला नि हैन ?
मेरो हकमा पहिला पनि र अहिले पनि आफ्नो बारेमा एक दिन चाहि यस्तो दिन आउछ भनेर बडा सिओर थिए । त्यसकारण पछि उहाँहरु नै मसंग डेट माग्न आउदा मलाई आश्चर्य चाहि लागेन । जुन कुरा भोजपुरी फिल्म खेल्ने प्रसङ्गमा पनि लाग्छ । किनभने भोजपुरीमा पनि पहिलो फिल्म खेल्ने वित्तिकै म धेरै सप्राईज थिईन र यहाँ आएर भनेको थिएँ अब म उतै ब्यस्त हुन्छु भनेर जुन आज मिट गरिरा'छ ।



भने पछि तपाईको यो कन्फिडेन्टले एक दशक नेगेटिभ रोलमा अफर आउदा पनि फिल्म नखेल्नुको रिजल्ट चाहि यहि हुनलाई रहेछ नि हैन ?
मैले नेगेटिभको लागि अफर आएका धेरै फिल्म छाडे । यत्रो महिनेत गरेर पनि नेगेटिभ किन गर्ने भन्ने प्रश्न मनले गरेपछि मैले एक दशक जति स्ट्रगल गरिरहे । यहि नेगेटिभ रोल गरेको भए मलाई बाँच्न पनि सायद गार्‍हो पथ्र्यो होला । त्यसैले आर्थिक रुपमा पनि त्यति फाईदा हुने नदेखिएपछि मैले भिलेनको रोल कहिले गर्ने ईच्छा देखाईन ।


 
फेरी भोजपुरी मार्केटकै कुरा गरौ, अब तपाई कम्प्लिटलि भोजपुरी मार्केट कै हिरो कि यताको पनि ?
खेल्ने नै हो । प्रोडक्सनको कुरा आफ्नै ठाँउमा छ । अझ भनौ फिल्म निर्माण गर्ने कुरामा त्यति क्लियर भएको देखिरा' छैन हाम्रो फिल्ममेकरहरु । फेरी जो आयो उसको फिल्म गर्ने भन्ने पनि हैन तर राम्रो फिल्म छ भने चाहि किन नगर्ने ? ब्यस्तता त उता पनि छ त्यसैले राम्रो चाहि गर्ने पक्षमा छु ।



भनेपछि तपाईको नजरमा कस्ता फिल्म राम्रा ? तीन वटा पोईन्टमा ।
तीन वटा भनेपनि उही हो, दशवटा भनेपनि उही हो र एउटा पाईन्टमा पनि भन्न सकिन्छ । तसर्थ, राम्रो सोच भएको प्रोडक्सन हाउसले राम्रो फिल्म बनाउन सक्छ । राम्रो सोच भएको डाईरेक्टरले राम्रो फिल्म बनाउन सक्छ अर्थात भनौ एउटा पार्टलाई मात्र लिएर भन्न सकिन्न सवै पक्ष राम्रो हुनुपर्यो प्रोडक्सन हाउस, प्रोड्यूसर र डाईरेक्टर ।


तपाई आफै चाहि डाईरेक्सनमा आउने तत्काल सोच छ कि छैन ?
छैन । कालान्तरमा चाहि हन्डरेड पर्सेन्ट गरिन्छ होला । किनकी मसँग त्यो किसिमको क्षमता छ जस्तो लाग्छ ।


हामी ईन्टरभ्यूको लाष्ट तिर छौ । तपाईको मेन्टेन हेर्दा प्रश्न गर्न मन लाग्यो के खानु हुन्छ ?
स्पेशल केही पनि छैन । दाल भात तरकारी नै हो । बरु अलिकति एक्सरसाईजमा भ्याएसम्म ध्यान चाहि दिईराख्या छु ।   


पब्लिकले तपाईको उमेर थाहा पाउन पनि खोजिराख्या छन्, कति पुग्नु भो भन्न मिल्छ ?
(लामो हाँसो) १६ बर्ष लेखिदिनुस न !


तपाईको नजरमा क्षमतावान तीन डाईरेक्टरको नाम भनिदिनुस् जति बेलासम्म तपाई यो ईन्डष्ट्रीमा अत्याधिक ब्यस्त हुनुहुन्थ्यो ?
तुलसी घिमिरे, शिव रेग्मी र उज्जवल घिमिरे ।


अनि हिरोईन चाहि ?
निशा अधिकारी ।


अनि पुरूष को–स्टार ?
दीलिप जी एक दम राम्रो । अनि मार्केट अलिकति बनाएको जथाभावी फिल्म नखेलेको हिसावमा चाहि आर्यन राम्रो ।


तपाईलाई कहिलै फिल भएन म पनि चुजी हुनु पथ्र्यो भनेर ?
अहँ, कहिलै फिल भएन बरु मलाई देखेपछि आर्यनलाई चाहि फिल हुन्छ होला ।


भनेपछि पैसाको लागि व्यस्त भए नेपालमा चुजी हुन जरुरी छैन है ?
चुजी भएको भए आज मैले घर बनाउन सक्थिन थिए ,  दुई वटा गाडी जोड्न सक्थिनथिए  । यदि चुजी भएको भए रेन्टमा बस्नुपर्ने स्थिती हुन्थ्यो तसर्थ पनि चुजीको मामलामा सोच्नै पर्ने स्थिती छ हाम्रो देशमा । बाल बच्चा, रिटायर लाईफलाई पनि हेर्नु पर्ने हुन्छ तसर्थ च्वाईसमा जान त्यति ठिक लागेन मलाई ।