Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

निर्माता र निर्देशकको एक स्वर: 'ब्याज खान जात्रा २ बन्दैन्' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016-12-18, आईतवार

 

फिल्म हिट हुँदै गर्दा पछिल्लो समय प्राय: फिल्मका निर्माता निर्देशकहरु सिक्वेलको प्रलोभनमा फस्छन् अनि कतिपय फिल्मका सिक्वेल बन्छन् पनि । कसैले सफलता चाख्छन् कोहि फ्लपको ट्याग पाउँछन् ।

यो बीचमा पछिल्लो ६ हप्ता पहिले रिलिज भई हलमा प्रदर्शनरत फिल्म 'जात्रा'को सिक्वेलको माग दर्शकबाट हुँदै गर्दा फिल्मका निर्माता निर्देशकले भने सिक्वेलको बारेमा फरल धारणा राखेका छन् ।


फिल्मीखबरसँगको भिडियो संवादमा लिड अभिनेता समेत रहेका निर्माता रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदिप भट्टराईले भने, 'ब्याज खान सिक्वेलको पछि लाग्दैनौं, राम्रो कथा तयार भयो र टिमभित्र कुरा मिल्यो भने मात्र त्यो बारेमा सोचिनेछ।'

अर्का निर्माता सिंगे लामाले पनि निर्माण टिमभित्र कुरा मिल्यो र सबैको सहमति भएमा मात्र सिक्वेल बन्ने बताए । हिट नामलाई जोडेर बिल्कुल फरक विषयमा सिक्वेल बनाउने क्रम बढ्दो छ, तर 'जात्रा' टिमले भने फिल्म सकिँदा नै सिक्वेलको लागी कथा छोडिएको चर्चा हुँदा समेत सिक्वेल निर्माणमा फरक मत राखेको हो ।
 

फिल्ममा बानियाँसँगै बर्षा राउत, विपिन कार्की, रविन्द्र झा लिड अभिनयमा छन् । फिल्म ५१ दिने सफल प्रदर्शनको नजिक छ ।

 

यसअघि महानायकको दर्जा पाएका राजेश हमालले समेत 'जात्रा' हेरेपछि सिक्वेल हेर्ने लोभ बढेको बताएका थि' भने हालसम्म फिल्म हेर्ने अधिकांश दर्शकले समेत 'जात्रा २' हेर्ने ईच्छा व्यक्त गरिसकेका छन् ।

जात्रा निर्माता सिंगे लामा, रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदिप भट्टराईसँगको भिडियो कुराकानी माथी प्रस्तुत छ ।