मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात मल्ल मेरा गुरु: कर्मा शाक्य (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ पौष १७, आईतवार

पछिल्लो समय अभागी अभिनेताको ट्याग पाउँदै आएका कलाकार हुन: कर्मा शाक्य । टन्न फिल्म गर्दा पनि यी अभिनेता प्राय: छायाँमा पर्छन् । दयाहाङ, सौगातदेखि विनय श्रेष्ठसम्म सँगसँगै देखिँदा अन्य कलाकारको नाम आउँछ, 'फर्स्ट लभ होस, या लुट र रेशम फिलिली सबैतिर फिल्म हिट हुँदा पनि यी अभिनेताको क्रेडिट कम पाए ।

 


यो बीचमा केहि दिन पहिले राजधानीमा मिडियाकर्मीमाझ भेटिएका कर्माले रिलिजको फिल्म 'भ्रम'को बारेमा खुलेर बोले अनि आफ्नो करियरको बारेमा पनि मुख खोले । उनले आफुलाई अनलक्की अभिनेता भनेको नसुनेको भन्दै यो कुरा भने एसेप्ट गरेनन् । 'म बरु अण्डररेटेड' कलाकार हुँ, हिरो बन्न आएको होईन काम राम्रो गर्छु, कलाकारिता गर्छु भन्ने उद्धेश्यले यहाँ छु, कर्माले भने ।

अर्को प्रसंगमा कर्माले अभिनेता सौगात मल्ललाई गुरु बोले । 'हामी गुरुकुलमा सँगै पढ्यौं, सौगात दाईबाट मैले धेरै सिक्न पाएको छु, सिकेको छु उहाँलाई म गुरु भनेर सम्बोधन गर्छु, कर्माले भने । लुट र लुकामारीमा सँगै स्कृन सेयर समेत गरेका कर्माले औपचारिक तथा अनौपचारिक कुराकानीमा  सौगातलाई बहु प्रतिभावान कलाकारको उपमा दिए ।

कर्मासँगको रमाईलो अन्तरंग कुराकानी माथी भिडियोमा प्रस्तुत छ ।