Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6001 - 6006 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2022-02-11, शुक्रवार

कोरोना संक्रमणका कारण माघ ३ गतेबाट बन्द भएका हलहरु फागुन १ गतेबाट सञ्चालनमा आउने भएपछि फिल्म ‘कठपुतली’ पुनः प्रदर्शन हुने भएको छ । तेस्रो हप्तामा प्रदर्शन भइरहेको समयमा सरकारले अनिश्चितकालका लागि हल बन्द गरेपछि फिल्मको प्रदर्शन रोकिएको थियो । गत पुष १६ गतेबाट प्रदर्शनमा आएको फिल्मले दुई हप्ता बक्सअफिसमा सुखद व्यापार गरेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-10, बिहिवार

कोरोना महामारीका कारण दुई चरण हलहरु बन्द भएपछि नेपाल चलचित्र संघले यसपालीको फूलपातीबाट हल खोल्ने निर्णय गर्दै नेपाली फिल्मको रिलिज व्यवस्थित गर्न तीन महिनासम्म एकै मितिमा दुई नेपाली फिल्म रिलिज नगर्ने घोषणा गरेको थियो । पछि यो अवधि लम्ब्याएर बैशाख १ गतेसम्म पुर्‍याइयो । यही नियमले गर्दा गत महिना ‘कठपुतली’ सँग ‘चपली हाइट ३’ भिड्न पाएन । 

एजेन्सी, मुम्बई, 2022-02-10, बिहिवार

पिरियड ड्रामा बनाउन सिपालु मानिने सञ्जय लीला भंसाली निर्देशित नयाँ फिल्म ‘गंगूबाई काठियावाडी’ फेब्रअरी २५ (फागुन १३) बाट प्रदर्शनमा आउने तयारीमा छ । केही दिनअघि सार्वजनिक भएको ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता र कौतुहलता बढाएको छ भने अभिनेत्री आलिया भट्ट, अभिनेता अजय देवगन र कलाकार विजय राजको अभिनयको प्रशंसा भइरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-10, बिहिवार

कलाकार भएपछि जुनसुकै चरित्रमा ढल्न सक्ने खुबी हुनुपर्छ । फिल्ममा निर्वाह गर्ने चरित्रले नै कलाकारको आयु निर्धारण गर्ने हो । तर, नेपालमा एकाध कलाकारहरुले मात्र चरित्र निर्माणमा पर्याप्त मेहेनत गर्छन् । प्रायः त आवरणमा चरित्र खोज्छन् । फिल्म ‘बुलबुल’ बाट स्वस्तिमा खड्काले आफूलाई चरित्र निर्माणमा मेहनत गर्न सक्ने अब्बल कोटीको अभिनेत्रीको रुपमा उभ्याइन् ।

फिल्मीखबर, काठमाडौं, 2022-02-10, बिहिवार

सुपरस्टार अनमोल केसीले लगातार रुपमा फिल्म साइन गरिरहेका छन् । फिल्म ‘ए मेरो हजुर ४’ यता उनले आधा दर्जन फिल्म साइन गरे । तर, केही फिल्म उनले पछि स्क्रिप्ट चित्त नबुझेर छाडे भने केही फिल्म निर्माण नै हुन सकेका छैनन् । यसबीच, उनले नयाँ फिल्ममा साइन गरेका छन् । दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’ मा उनी अनुबन्ध भएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2022-02-09, बुधवार

कुनै पनि फिल्मको गीत, ट्रेलर र टिजरमा मुख्य कलाकारलाई विशेष प्राथमिकता दिइन्छ । फिल्ममा नाम चलेका कलाकारको अभिनय भए प्रचार सामाग्रीमा उनीहरुको अनुहार देखाए मात्रै पनि हलसम्म दर्शक आउने लोभ निर्माण टिमलाई हुन्छ । तर, आगामी फागुन २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आकासे खेती’ को टिजरमा भने मुख्य दुई अभिनेत्री नीता ढुंगाना र मरिष्का पोखरेललाई नै ठाउँ दिइएको छैन ।

Results : 6001 - 6006 of 23769
Most Visited News (monthly)