Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुवेरले गरे अनमोललाई निर्देशन

फिल्मीखबर, काठमाडौं, 2022/02/15
anmol kc
 
कोरोना महामारीका कारण फिल्म निर्माण ठप्प हुँदा अधिकांश कलाकारहरु बेरोजगार भए । महिनौंसम्म घरमै दिनचर्या वित्यो । महामारी केही साम्य भएपछि भने धेरैजसोले म्यूजिक भिडियोमा काम गरे । अहिले पनि यो क्रम जारी छ । तर, अभिनेता अनमोल केसीले आम्दानीकै लागि म्यूजिक भिडियोलाई प्रयोग गरेका छैनन् । बरु, उनी महामारीकै समयमा विभिन्न ब्रान्डहरुसँग जोडिए । 
 
कोरोना महामारीयता उनी आधा दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको ब्रान्ड एम्बास्डरको रुपमा आबद्ध भएका छन् । जसबाट उनले फिल्मबाटभन्दा राम्रो कमाई गरेको बुझिएको छ । गत पुषमा अनमोल एक वर्षका लागि एम्पाएर इन्टरनेशनल एजुकेशन एन्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका थिए । अब उनी यो संस्थाको प्रचार-प्रसारमा फिल्म जस्तै खटिनु पर्नेछ ।
 
हालै उनले एम्पाएरको लागि फोटोसुट र टिभीसी (टेलिभिजन विज्ञापन) को छायांकन सकाएका छन् । २५ सेकेण्डको टिभीसीलाई सञ्चारकर्मी कुवेर डंगोलले निर्देशन गरेका हुन् । फोटोग्राफीको दुनियाँमा आफ्नो बैग्लै पहिचान बनाएका डंगोलले अनमोलसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरे । अनमोलको कामप्रतिको मेहेनत देखेर आफू प्रभावित भएको निर्देशक डंगोल बताउँछन् । 
 
‘हामीले ‘टिभी एड’ को लागि भिडियो तयार पारेका छौँ । टिभीसीमा अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीहरुको लागि छोटो सन्देश छोडिएको छ । एम्पाएरले विद्यार्थीलाई दिँदै आएको सेवालाई ध्यानमा राख्दै टिभीसी बनाएका छौं,’ निर्देशक डंगोलले भने । रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।
Most Visited News (monthly)