Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म रिलिज अगावै हल-हलमा पुग्दै पल, पूजा र सुदर्शन

फिल्मीखबर, काठमाण्डौ, 2022/02/15
mygg
 
कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन मिति सरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारी छ । फिल्मको प्रदर्शन नजिकिँदै गर्दा निर्माण टिमले प्रचार-प्रसारलाई तीव्र बनाएको छ । यसैक्रममा, फिल्मका कलाकारहरु पूजा शर्मा, पल शाह, निर्माता तथा निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ ‘क्रेजी’ राजधानीका हल-हलमा पुगिरहेका छन् । 
 
प्रायः कलाकारहरु फिल्म रिलिजपछि मात्र दर्शकहरुसँग साक्षात्कार गर्नका लागि हलहरुमा पुग्ने गरेका हुन्छन् । तर, ‘म यस्तो गीत गाउँछु २’ का कलाकारदेखि निर्देशकसम्मले फिल्म रिलिजभन्दा दुई हप्ता अगावै हलमा पुगेर माहोल बुझिरहेका छन् । उनीहरुले हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नुका साथै हलका कर्मचारी र म्यानेजरसँग पनि दिनहुँ जसो भेटघाट गरिरहेका छन् ।
 
उनीहरु काठमाडौंका सिभिल, छायाँ सेन्टर, बीग मुभिज, एफक्यूब लगायतका मल्टीप्लेक्स हलहरु पुगेका हुन् । हल भ्रमण गर्नुको कारणबारे निर्देशक सुदर्शन थापाले भने– ‘हामी हलहरुको अवस्था के छ र दर्शकहरुले फिल्मको बिषयमा के भन्नुहुन्छ भनेर बुझ्नका लागि हलमा पुगेका हौं । फिल्म निकै मेहेनतका साथ बनाएकाले दर्शकको ठूलो संख्या हलसम्म पुग्नेमा हामी विश्वस्त छौं ।’ 
 
mygg
 
सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेको फिल्ममा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको पनि अभिनय रहेको छ । फिल्मको कथा निर्देशक थापा आफैंले लेखेका हुन् भने शिवम् अधिकारी र दिनेश न्यौपानेले पटकथा तयार पारेका हुन् । सौरभ लामाको छायांकन रहेको फिल्मको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । 
Most Visited News (monthly)