Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चिसो एस्ट्रे’ को गीतबाट सविन राईको कमब्याक

फिल्मीखबर, काठमाडौं, 2022/02/15
Sabin Rai
 
आउँदो चैत ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चिसो एस्ट्रे’ को दोस्रो गीत सार्वजनिक भएको छ । शिवरात्रीलाई लक्षित गर्दै सोमबार सार्वजनिक गरिएको गीतमा सविन राईको आवाज रहेको छ । पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका उनले यही गीतबाट कमब्याक गरेका हुन् । यो गीतमा अजर जंगमले संगीत भरेका छन् भने दिनेश पाल्पालीको शब्द रचना छ ।
 
दिनेश पाल्पालीको निर्देशन रहेको फिल्मको यसअघि ‘ड्रिम पाइरेसी’ गीत सार्वजनिक भइसकेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । त्यस्तै, फिल्मको सह-निर्मातामा रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।
 
फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ लगायतको अभिनय छ । फिल्मले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्छ । ‘एउटा गाउँले ठिटो शहरीया बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्ने गर्छ भन्नेमा फिल्म केन्द्रित छ,’ निर्माता तिमल्सिनाले जानकारी दिए । फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ ।
 

Most Visited News (monthly)