Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगञ्ज’ मा बोल्ड बेनिशा

फिल्मीखबर, काठमाडौं, 2022/02/14
benisha hamal
 
फिल्म ‘घर’ पछि अभिनेत्री बेनिशा हमाल पर्दाबाट गायब छिन् । केही समय भारतमा फिल्म मेकिङको अध्ययन गरेकी उनले दोस्रो लकडाउनपछि फिल्म ‘प्रेमगञ्ज’ मा अभिनय गरेकी थिइन् । भ्यालेनटाइन डेको अवसरमा निर्माण टिमले उनको क्यारेक्टर पोस्टर ‘आउट’ गरेको छ । जसमा उनी बोल्ड अवतारमा प्रस्तुत छिन् । उनको लुक्सले फिल्मप्रति दर्शकको कौतुहलता बढाउने देखिन्छ ।
 
फिल्ममा बेनिशा ‘मैना’ को चरित्रमा रहेको पोस्टरमार्फत् जानकारी दिइएको छ । परिच्छेद सेनको निर्देशनमा बनेको ‘प्रेमगञ्ज’ को काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले, काठमाडौँ तथा भक्तपुरको नाला र पनौतीमा छायांकन भएको हो । कोरोना महामारीका बीच ७० दिन खिचिएको फिल्ममा २ करोड लगानी भएको बताइएको छ । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
 
फिल्ममा बेनिशाका अलावा तेज गिरी, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्काको पनि अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् । प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मको कथा निर्देशक सेन आफैंले लेखेका हुन् । फिल्मले दुई कालखण्डको प्रेमकथा भन्नेछ ।
Most Visited News (monthly)