Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म छायांकन गर्ने ठाउँ चिनाउन फोटो प्रदर्शनी

फिल्मीखबर, काठमाडौं, 2022/02/21
फिल्मको छायांकनका लागि ठाउँ चिनाउने उद्देश्यले शुक्रबारदेखि फोटोग्राफर गौतम धिमालको एकल फोटो प्रदर्शनी भइरहेको छ । काठमाडौंको मन्डिखाटारमा धिमालले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएको हो । सो अवसरमा उनको ‘हिमालयन फेसन एडभेन्चर’ पुस्तक पनि विमोचन गरिएको छ । उक्त पुस्तकमा समाविष्ट उत्कृष्ट तस्बिरहरूलाई प्रदर्शनीमा राखिएको उनले बताए ।
 
gautam dhimal
 
मुस्ताङको संक्षिप्त विवरणसहित धिमालले पुस्तकमा त्यहाँको सुन्दर तस्बिरहरू समावेश गरेका छन् । नेपाललाई फिल्म छायांकन र फोटोग्राफीको सम्भावना उजागर गरी पर्यटक आकर्षित गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाई छ । फेसन र ल्यान्डस्केपको फ्युजन गरेर फोटो सुट गरेको जानकारी दिँदै उनले स्टोरी क्रियट गर्न सजिलो हुने भएकाले मोडेलसहित फोटो सुट गरेको बताए । 
 
अब हरेक वर्ष नेपालको सुन्दर स्थानमा गएर ‘फोटो सुट’ गर्ने योजना बनाएका धिमालले फोटो प्रदर्शनीको क्रममा भने- ‘नेपालका अधिकांश सुन्दर स्थानमा फोटो सुट गर्ने योजना छ । नेपाली र विदेशी फिल्मको कथावस्तुले मागेअनुसारको छायांकन गर्ने ठाउँ चिनाउने गरी फोटो सुट गर्नेछु ।’ आफूले खिचेका फोटोहरुको हरेक वर्ष एक कार्यक्रम गरी प्रदर्शनी गर्ने पनि उनको योजना छ ।
 
gautam dhimal
 
लोकेसन नेपालले आयोजना गरेको प्रदर्शनी २४ फेब्रुअरी (फागुन ११ गते बिहीवार) सम्म सञ्चालन हुनेछ । चलचित्र विकास बोर्डले पनि सहकार्य गरेको फोटो प्रदर्शनी अवलोकन गर्न दिनहुँ उल्लेख्य संख्यामा फिल्मकर्मीहरु आउने गरेको बोर्डका सूचना अधिकृत चिरञ्जीवि गुरागाईंले जानकारी दिए । यस फोटो प्रदर्शनीले संसारलाई नै फिल्म छायांकनको गन्तव्य देखाउने उनको विश्वास छ । 
Most Visited News (monthly)